सिलिन्डर बोकेका पुरुषलाई प्रहरीले सडकमै बस्न लगाएको घटनाबारे छानविन सुरु

१७ चैत, काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । उक्त तस्बिरमा ग्यास सिलिन्डर बोकेका एक जना पुरुषलाई एक महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ । त्यो पनि सिलिन्डर काँदमा राख्न लगाएर ।

Advertisement

लक डाउनका बेला प्रहरीले नागरिकमाथि नसुहाउने यस्तो व्यवहार गरेको भन्दै प्रहरीको तीव्र आलोचना पनि हुने गरेको छ । आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गरिसकेको छ ।

‘यो कहाँको तस्बिर हो र प्रहरीले किन गरेको हो भन्नेबारे खोज्न थालेका छौं,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने,’अहिले त तस्बिर मात्रै देखेका छौं तर छानबिन पछि के आउँछ त्यही अनुसार कारबाही हुन्छ।’

Advertisement

यसअघि पनि सुनसरी खनारको एक भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओमा प्रहरीले साइकल यात्रुलाई लाठीले हानेको थियो। भिडिओ भाइरल बनेसँगै ती दुई प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिएको थियो। एसएसपी जोशीले नागरिकमाथि गर्ने यस्तो व्यवहार नगर्न निर्देशन दिइएको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top