३० चैत, बाग्लुङ।
बाग्लुङमा भारतबाट तीर्थयात्रापछि फर्किएकी एक महिलामा र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ ।
विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८५८ जनार्को यापिड टेस्ट गरिएकोमा ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको छ । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।
महिलाको स्वाबको थप रिपोर्ट लिएपछि मात्र प्रष्ट भन्न सकिने जिल्लाका अधिकारीले बताएका छन् ।उनलाई काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ । नको परिवारका अन्य सदस्यहरुको भने नेगेटिभ रिपोर्ट आएको छ ।
लकडाउन हुनुभन्दा केही समयअघि उनी भारतको गया भन्ने स्थानमा तीर्थयात्रा गएको खुलेको छ।