×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला डिस्चार्ज, निको हुने १० पुगे

११ बैशाख २०७७

११ वैशाख, धनगढी ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ की कोरोना संक्रमित ६५ वर्षीया महिला पनि निको भएर बिहीबार सेती प्रादेशक अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सेती प्रादेशिक अस्पतालबाट कोरोनालाई जितेर घर फर्किने ५० वर्षीया महिला चौथो संक्रमित हुन् ।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

वीरगञ्जबाट आएकी उनलाई वैशाख १ गते कोरोना पुष्टि भएपछि लम्कीमा रहेको क्वारेन्टाइनबाट सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
अब सेती अस्पतालमा एकजना संक्रमित महिलामात्रै उपचारमा छिन्। उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ। उनमा विदेशबाट आएका आफ्ना देवरबाट संक्रमण सरेको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १० पुगेको छ । बिहीबारै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top