१२ बैशाख, कुवेत ।
कुवेतमा थप पाँच नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले शुक्रबार थप पाँच जना नेपालीमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो । योसँगै हालसम्म कुवेतमा ३६ नेपालीमा कोरोना संक्रमण भेटिएको छ ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप २१५ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या २६ सय १५ पुगेको छ।कुबेतमा हालसम्म ६ सय ९३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् भने संक्रमित एक हजार ९ सय ६८ को अवस्था सामान्य रहेको छ ।कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ६० जनाको अवस्था गम्भीर रहेको छ।