×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लकडाउनको ३४ औं दिन, अझै केहीदिन लम्बिने

१४ बैशाख २०७७

१४ वैशाख, काठमाडौं ।
कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ३४ औं दिन् ।

कोरोनाभाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन् । तर सबैक्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ । तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् ।

आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा अत्यावस्यक ढुवानीका साधनहरु एवं अत्यावस्यक सेवाका सवारी साधनहरु चलेका थिए । सडकमा नागरिकको आवागमन देखिदैन भने सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्न बाहेक मानिसहरु बाहिर निस्केका छैनन् ।

सहरका मुख्य सडकहरु सुनसान छन भने चोकचोकमा बसेका सुरक्षाकर्मीले चेकजाँचलाई कडाई पारेका छन् । सरकारले वैशाख १५ गते अर्थात भोली सोमबार सम्मकालागि लकडाउनको अवधि तोकेको छ । तर शनिबार कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय अझै बढाउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।

जसले गर्दा अझै केहीदिन लकडाउनको समय बढ्ने सम्भावना छ । नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ । यस्तै १२ जनानिको भइसकेका छन् । अहिले सम्म ९ हजार ६ सय १७ जनाको पीसीआर प्रविधिमार्फत कोरोनाभाइरस परीक्षण गरिएको छ ।

यस्तै १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८७ जना रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top