×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश २ मा स्वाब सङ्कलनमा तीव्रता

१५ बैशाख २०७७

१५ वैशाख, जनकपुरधाम ।
प्रदेश नं २ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ ।

सङ्घीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलनका लागि परिचालित छन् । शनिबारसम्ममा प्रदेशमा एक हजार २९० जना स्वाब सङ्कलन गरिएको छ भने आइतबार ३७१ जनाको समेत गरी अहिलेसम्ममा एक हजार ६२१ जनाको स्वाब सङ्कलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

सोमध्ये ८ सय २३ जनाको रिपोर्ट आउन बाँकी छ । ८ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात जनामा कोरोना पुष्टि भएको छ । सो सात जनामध्ये चार जना निको भइसकेको र अन्य तीन जनाको विरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा अहिलेसम्म चार हजार ५ सय २३ जनाको आरडिटी परीक्षण गरिएको छ । सो अन्तर्गत सप्तरीमा ७२९ जना, सिरहामा ३३९ जना, धनुषामा ४३९ जना, महोत्तरीमा १६५ जना, सर्लाहीमा १२८ जना, रौंतहटमा ४४५ जना, बारामा १४६ र पर्सामा दुई हजार १२३ जनाको परीक्षण गरिएको सचिव डा. घिमिरेले बताए ।

प्रदेशमा हाल विभिन्न जिल्लाको क्वारेन्टाइनमा एक हजार ४८९ जना, होम क्वारेन्टाइनमा एक हजार ६२१ जना र आइसोलेशनमा २९ जना छन् । (रासस)

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top