१७ वैशाख, एजेन्सी ।
अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।
२० दिनदेखि उपचारत महेश पन्थीको कोरोना संक्रमणवाट निधन भएको हो । भजिर्नियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा उनको निधन भएको बताइएको छ । उनी ललितपुर कुपोण्डोलबाट एकदशक अघि अमेरिका आएका थिए
स्व पन्थी भजिर्निया राज्यको सेन्टरभिल शहरमा श्रीमती, छोरा र छोरीसंग बस्दै आएका थिए । अमेरिकामा कोरोनाबाट मत्यू हुने नेपालीमा पन्थी नवौ व्यक्ति हुन । यस अखि आठजनाको निधन भइसकेको छ ।