Nepal Times
Nepal Times
3
Shares

फिदिम नगरपालिकाद्धारा ७ वटा कानून पारित

फिदिम नगरपालिकाद्धारा ७ वटा कानून पारित

फिदिम, चैत १७
फिदिम नगरपालिकाको दोस्रो नगरसभा विभिन्न ७ वटा कानून पारित गर्दै सम्पन्न भएको छ । जिल्ला स्थित सवै राजनैतिक दलका नेता,संघसस्था र संचारक्षेत्रका प्रतिनिधीसँगै नगर क्षेत्रका जनप्रतिनिधि उपस्थित सभामा फिदिम नगरपालिका क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रको धारणा प्रस्तुत गरिएको थियो ।

 

उपभोक्ता समिति गठन,रेडियो सञ्चालन,शिक्षा,घ वर्गका निर्माण व्यवसायीको इजाजत,आर्थिक कार्यविधि सहितका ७ वटा ऐन पारित गरेको वताइएको छ । यसैबीच फिदिम नगरपालिकाले वर्षेनी वितरण गर्दै आएको नगरविकास पत्रकारिता पुरस्कार यसवर्ष मिक्लाजोङ आवाज साप्ताहिकका सम्पादक, प्रकाशक विपेन्द्र गौतमलाई प्रदान गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.