१९ बैशाख, नवलपरासी । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं १६ केराबारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु २ जना घाईते भएका छन् ।
बिहिवार साझ बर्दघाट देखी त्रिबेणी जादै गरेको बा.१२ च २००९ नम्बरको कार तिब्र गतिका कारण अनियन्त्रित भई बिपरित दिशामा रहेको बिजुलीको पोलमा गएर ठोक्किँदा सवारी चालक बर्दघाट नगरपालिका वडा नं ४ बस्ने ४५ बर्षिय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए ।

यसैगरी पछाडी सवार सोही ठाँउका राम प्रसाद पाण्डे र गोकर्ण शर्मा घाईते भएको हुदाँ उपचारको लागी भरपुर पठाईएको थापाले जानकारी दिए ।
सवारी दुर्घटनामा परी मृत्यु भएको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले बताएको हो ।
