२१ बैशाख, काठमाडौं । काठमाडौं भित्रिने मुख्यनाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमाआएको छ । काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिमकमगर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो ।
सवारी साधनलाई डिसइन्फेक्सनगर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंकाप्रमुखजिल्लाअधिकारी जनकराजदाहालले बताए । नागढुंगामा सुन्दर यातायातको सहयोगमानिर्माण भएको हो । उपत्यकाभित्रिने अन्यनाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागिअध्ययनभइरहेको उनले बताए ।
प्रजिअदाहालले यात्रुहरुलाई उपत्यकाप्रवेश निषेध गरिएको बताए । मालबाहक सवारीबाट सुरक्षाजोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउने गरिएको प्रजिअदाहालले बताए ।
सुन्दर यातायातप्रालिकाअध्यक्ष भेषबहादुर थापाले सवारीमाभएको किटाणु निष्कृय पार्नकालागि टनेल निर्माण भएको बताए । छिमेकीभारतबाट ठूलो संख्यामामालबाहक सावरी भित्रिने भएपछि जोखिम रहेको भन्दै उनले डिसइनफेक्सन गरेर मात्रै उपत्यकाप्रवेशको व्यवस्थामिलाईएको बताए । यसले मावन स्वास्थ्यमाभने कुनै असर गर्नेछैन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाप्रमुखभीम ढकालले लक डाउनको प्रोटोकलअनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिननदिने कुरामाविशेष ध्यानदिइएको बताए ।
टनेलको सुरक्षा र सञ्चालनमहानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ । टनेलबाट उपत्यकाभित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ ।