×

NEPAL TIMES UPDATES

Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026

पासबाहक गाडीसमेत अब उपत्यकामा ‘नो इन्ट्री…’

२३ बैशाख २०७७

२३ बैशाख, काठमाडौँ ।

सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस्, पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्को कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्याउनुहोला ?

Advertisement

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताए । ‘दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।’

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।

अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।

नागढुङ्गाको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताए । ‘आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ’, श्रेष्ठले भने । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् । वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उनले बताए ।

गृहमन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताउँछन् । उनले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याए ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्किङ र जर्सिङपौवा नाका मुख्य छ । वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको समेत निष्कर्ष छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्नेमा जोड दिन्छन् । योसँगै राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायातको चाप थपिएको छ । –नारायण ढुङ्गाना/ रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top