×

NEPAL TIMES UPDATES

Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026

डिसेम्बरको अन्तिममै फ्रान्समा कोरोना भाईरस देखिएको अस्पतालको दाबी

२३ बैशाख २०७७

२३ वैशाख, एजेन्सी ।
पेरिसको एक अस्पतालले फ्रान्स सरकारको अहिलेसम्मका दाबीलाई चुनौती दिँदै डिसेम्बरको अन्तिममै फ्रान्समा कोरोन भाइरस भेटिएको दाबी गरेको छ ।

पेरिसको सेन्ट सँदेनी क्षेत्रको बोन्डिस्थित जँ भेर्दिए अस्पतालका प्रमुख प्राध्यापक ईभ कोहेनले उक्त कुरा सार्वजनिक गरेका हुन् । कोहेनका अनुसार अस्पतालको हाइजिन प्रमुख प्राध्यापक जँ राल्फ जाहारले डिसेम्बर र जनवरीमा केही बिरामीहरुको परीक्षण गरेका थिए । परीक्षण गरिका १४ जनामध्ये निमोनिया र दमका बिरामी पनि थिए ।

Advertisement

तिनको परीक्षण गर्दा एकजनामा कोरोना भाईरसको लक्षण देखिएको थियो । ती बिरामीलाई २७ देखि २९ डिसेम्बरसम्म अस्पतालमा राखिएको प्रध्यापक कोहोनले उल्लेख गरेका छन् । चिकित्सकहरुका अनुसार ती बिरामी डिस्चार्ज भएर हिँडिसकेको र पछि प्राप्त रिपोर्टमा कोरोना संक्रमण देखिएपछि फेरि अस्पताल बोलाइएको हो ।

उनका बालबालिकामा समेत भाइरस संक्रमण भएको थियो । सुपरमार्केटको माछा बिक्री स्टलमा काम गर्ने उनकी पत्नीमा भने संक्रमण भएको थिएन । अस्पतालले चीनबाट ल्याइएका माछाबाट उनमा स‌ंक्रमण भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । हामीलाई के अचम्म लागेको छ भने ती संक्रमित बिरामी कतै घुम्न गएका थिएनन् ।

घरमा बसिरहेको ब्यक्तिलाई कसरी कोरोना लाग्यो भनेर हामीलाई आश्चर्य लागेको छ, कोहेनलाई उद्रित गर्दै फ्रान्स २४ टिभीले जनाएको छ । कोहेनले भने बिरामीको पत्नीसँगै कुनै चिनियाँ मूलका नागरिकले काम गरेको हुनसक्ने र चिनियाँ नागरिकबाट सरेको हुनसक्ने आशंका गरेका छन् ।

तर, ठोस प्रमाण नभएको हुँदा लाक्षणिक संकेतकै आधारमा किटान गर्न सकिएन, उनले भनेका छन् । हाल ती संक्रमित व्यक्ति पूर्णरुपमा निको भइसकेका र उनको परिवारका सबै सदस्य स्वस्थ रहेको समाचारमा उल्लेख छ । यसअघि फ्रान्समा कोरोना संक्रमण जनवरीको अन्त्यमा मात्रै फेला परेको फ्रान्सेली अधिकारीहरुले बताउँदै आएका थिए ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top