×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालगञ्जका ५६ जनाको रिपोर्ट नेगेटिभ, थप १३६ जनाको परीक्षण हुँदै

२५ बैशाख २०७७

२५ वैशाख, बाँके।
बाँकेमा कोरोना भाइरसबाट संक्रमितसँग २३ जनाको सम्पर्कमा आएका ५६ जनाको रिपोर्ट सार्वजनिक गरिएको छ।

मंगलवार ५६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भेरी अस्पतालको ल्याबमा पठाइएको थियो। अस्पतालले बुधवार ५६ जनाकै रिपोर्ट सार्वजनिक गरेको हो। सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए।

संक्रमितसँग सम्पर्कमा आएका ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बुधवार थप १ सय ३६ जनाको स्याम्पल कलेक्सन गरिएको छ। उनीहरुको परीक्षण भइरहेको छ, उनले भने। डाक्टर थापाका अनुसार संक्रमितको सम्पर्कमा रहेका थप १ सय ३६ जनामध्ये केहीको रिपोर्ट आज साँझ आउने र भोलि बिहानसम्म सबैको रिपोर्ट आउनेछ।

थापाले केन्द्रको टोली र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ तथा संक्रमण कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको बताए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले रिपोर्ट नेगेटिभ आएकाहरु क्वारेन्टाइनमा बसिरहेको बताए।

उनीहरु सिल गरिएको टोलका हुन्। घरबाट बाहिर आउन दिइएको छैन। उनीहरु जलनपुरवा क्वारेन्टाइनमा छन्, उनले भने। उनका अनुसार आज नरैनापुरतिर स्वाब संकलनको काम भइरहेको छ। नेपालगञ्जको वडा नम्बर ८ स्थित इस्लामिया फैजुल उलम मदरसाका ६० वर्षीय शिक्षकलाई गत शुक्रवार कोरोनाको संक्रमण देखिएको थियो।

उनको सम्पर्कमा आएका १०५ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा ७ र ९ वर्षीया बालिकासहित थप २२ जनामा संक्रमण देखिएको थियो। उनीहरु सबै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

तिनै २३ जनाको कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको छ। बुधवारसम्म सम्पर्कमा देखिएका १९२ जनाको स्वाब संकलन गरिएको छ। परीक्षण भएका ५६ जनामा संक्रमण देखिएको छैन।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top