जर्मन बुन्डेशलिगा मे १६ बाट सुरु हुने, शनिबार ६ वटा खेल हुने

२६ बैशाख, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अनिश्चित बनेको विश्व फुटबल अब भने लयमा फर्कने भएको छ । युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेश लिगा मे १६ बाट सुरु हुने पक्का भएको हो ।

जर्मन फुटबल संघले हिजो बुन्डेशलिगा मे १६ बाट सुरु हुने घोषणा गरेको हो । कोरोनाका कारण मध्य फेब्रुअरीबाट प्रतियोगिता अनिश्चित बनेको थियो ।

अब खेलाडीलाई मैदान प्रवेशका लागि बाटो खुलेको छ । जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनिक गर्दै शनिबार ६ वटा खेल हुने बताएका छन् ।

Advertisement

दोस्रो स्थानको बोरुसिया डर्टमण्डले साल्केसँग खेल्दै गर्दा साविक विजेता बार्यन म्युनिख भने युनियन बर्लिनको भ्रमणमा निस्कने तय भएको छ ।

सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेशलिगाको अवरुद्ध सिजन पुन सुरु गर्ने घोषणा गरेकी थिइन् ।

Advertisement

उनले मे को दोस्रो साता खेल सुरु हुने बताएकी थिइन् । बुधबार जर्मन सरकारले दुई शीर्ष डिभिजनका ३६ क्लब मे को दोस्रो हप्ता खेल्न योग्न हुने बताएको थियो ।

कोरोना रोकथामको उल्लेख्य सुधार गरेको जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ । सोही कारण उसले शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता खेल्न समेत अनुमति प्रदान गरेको हो ।

बुन्डेशलिगामा बार्यन शीर्ष स्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top