×

NEPAL TIMES UPDATES

Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026

भारतमा रासायनिक कारखानाबाट विषालु ग्यास चुहिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

२६ बैशाख २०७७

२६ बैशाख, काठमाडौँ । दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनमा एक रासायनिक कारखानाबाट विषालु ग्यास चुहिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सयौं घाइते छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये २५ जनाभन्दा बढीको अवस्था गम्भीर छ । विशाखापटनमबाट करिब १५ किलोमिटरको दूरीमा रहेको आरआरभी पुरम छेउका गोपालपटनममा रहेको उक्त रासायनिक कारखानाबाट हिजो बिहान साढे तीन बजेदेखि विषालु ग्यास चुहिन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Advertisement

विषालु ग्यास वरिपरिको हावामा फैलिन थालेपछि स्थानीयहरूमा आँखा पोल्ने र श्वास फेर्न मुस्किल भएको बताइएको छ । त्यसपछि गाउँलेहरूमा भागाभाग मच्चिएको थियो । श्वास फेर्न गाह्रो भएपछि कतिपय बेहोस भएर लडेका थिए । पाँच हजारभन्दा बढी बिरामी परेको बताइएको छ । सबैभन्दा बढी असर बच्चा र वृद्धहरूमा परेको छ ।

लकडाउनका कारण गत ४० दिनदेखि बन्द रहेको कारखाना बिहीबारदेखि खोल्ने तय भएको थियो । त्यहीअनुसार १५ जना कामदारहरू बिहानैदेखि ग्यास भण्डार गरिएका ट्यांकीको जाँच गर्न थालेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यही बेला ग्यास चुहिन थाल्यो ।

ग्यास चुहिएर करिब साढे दुई किलोमिटरसम्मको वायुमण्डलमा फैलिएको थियो । त्यसपछि वरिपरिका बस्तीमा रहेका मानिसहरूमा श्वास फेर्न गाह्रो हुने र छाती पोल्नेलगायतका समस्या देखिन थाल्यो ।

ग्यास चुहिनुका कारण भने खुल्न सकेको छैन । ग्यास चुहिएको खबर सार्वजनिक हुनासाथ राष्ट्रिय आपत् मोचन बलको टोली घटनास्थल पुगेको थियो । र, टोलीले कारखानामा फसेकाहरूको उद्धार गर्नुका साथै थप ग्यास चुहिनबाट रोकेको थियो । घटनापछि कम्पनीले विज्ञप्ति जारी गर्दै कारखानाभित्र रहेका ट्यांकीमा १८ सय टनभन्दा बढी स्टिरिन ग्यास रहेको बताएको छ ।

कारखानाबाट प्लास्टिकजन्य कच्चापदार्थ उत्पादन हुँदै आएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगमोहन रेड्डीले मृतकका परिवारलाई एक करोडका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । साथै गम्भीर घाइतेलाई दस लाख र अन्यलाई नगद सहयोगको घोषणा गरिएको छ ।

यसैगरी सरकारले घटनाको छानबिनका लागि समिति पनि गठन गरेको छ । यसैबीच मानिसहरूको स्वास्थ्यसँग हेलचेक्र्याइँ गरेको भन्दै कम्पनीविरुद्ध एफआईआर दायर गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुस्ख प्रकट गरेका छन् ।  पछिल्लो घटनाले ३६ वर्षअघि भोपालमा भएको त्रासदीपूर्ण घटनाको स्मरण गराएको छ । सन् १९८४ मा मध्यप्रदेशको भोपालस्थित युनियन कार्बाइड इन्डिया लिमिटेडको रासायनिक मल कारखानाबाट विषालु ग्यास चुहिँदा केही घण्टामै ३ हजारभन्दा बढीको ज्यान गएको थियो । तर, पीडितहरूले भने ८ हजारभन्दा बढीको मृत्यु भएको दाबी गरेका थिए ।

एक सरकारी अध्ययनले घटनामा पाँच लाखभन्दा बढी घाइते भएको जसमध्ये करिब चार सय जनामा अत्यधिक घाइते र दीर्घकालीन समस्या रहेको देखाएको थियो ।

घटनापछि भोपालको ८ लाख ५० हजार जनसंख्यामध्ये आधाभन्दा बढीमा खोकी, आँखा पोल्ने, श्वासप्रश्वास र छालाको समस्या देखिएको थियो । घटनालाई आजपर्यन्त इतिहासकै सबैभन्दा खराब औद्योगिक दुर्घटनाका रूपमा लिइन्छ ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top