कुवेतको सेल्टरमा स्वदेश फर्किने दिन गन्दै नेपाली

३ जेठ, कुवेत ।
कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अलपत्र परेका छन् । कुवेत र इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार नेपाली कामदारहरु उद्धारकालागि नेपाल सरकारलाई गुहारी रहेका छन् ।

Advertisement

१५ दिन देखि नेपालफिर्तीको पर्खाइमा रहेका गुल्मीका रामचन्द्र भण्डारीले आफूहरुको अबस्था नाजुकबन्दै गएको तथा खान, शौचालय लगायतको समस्या भएको भन्दै उद्धारको लागि पहलगरिदिन विभिन्न संचार मध्यममार्फत नेपाल सरकारलाई हारगुहार गरिरहेको तर कसैले पनि आफूहरुको गुनासो नसुनेको बताए । अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले अप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको भण्डारीले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो । अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले गरेको छ। यता, कुवेतस्थित नेपाली दूताबास र एनआरएनएले पनि आफूहरुको गुनासो नसुनेको भन्दै उद्धार र आफूहरुको अबस्थाबारे नेपाल सरकार समक्ष पुर्याई दिन भण्डारीले अनुरोध गरेका छन् । त्यहाँ रहेका केही नेपाली बिरामी भएको जनाउँदै चाडो भन्दा चाडो उद्दार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सरकार अहिले आफैँ बिरामी अवस्था रहेको सजिलै अड्कल गर्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top