×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

बन्दाबन्दीमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न

७ जेष्ठ २०७७

७ जेठ, काठमाडौं ।

सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विभिन्न स्थानमा सडक र पुल निर्माण गरिएको सडक विभागले जनाएको छ ।

Advertisement

चैत महिनामा कतिपय आयोजना निर्माण सुस्त र कतिपयमा ठप्प भए पनि वैशाखमा झण्डै २५० स्थानमा निर्माण शुरु गरिएको थियो । जेठमा दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहँदा निर्माणको काम गर्न गाह्रो भएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार वर्षाअघि निर्माण नसकिँदा थप क्षति पुग्ने स्थानमा निर्माण भइरहेको थियो । विभागले वर्षाअघि गर्नैपर्ने अलपत्र आयोजनामा काम शुरु गरेको थियो । असारसम्ममा सक्ने लक्ष्य राखिएकोमध्ये आधामात्रै गर्न सकिने अवस्थामा छन् । उनले भने, ‘नागरिकमा त्रास रहेका कारण गर्नैपर्छ भन्ने अवस्था पनि छैन ।’

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सडक र पुल निर्माण र मर्मत भइरहेको छ । डिभिजन सडक कार्यालयले निर्माणसँगै मर्मत गरिरहेको छ भने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तारित सडकमा पूर्वाधार निर्माण अघि बढाएको थियो । अहिले उपत्यकामा पनि निर्माण सामग्री अभावका कारण धेरै दिनसम्म काम गर्ने वातावरण नरहेको महानिर्देशक शर्माले बताए । यस अवधिमा विभिन्न स्थानमा ‘ओभर ले’ भए पनि अब निर्माण सामग्रीको अभाव देखिन थालेको छ । उनले भने, ‘अहिले बाँकी रहेको निर्माण सामग्रीले दुईचार दिनमात्रै काम गर्न सकिने अवस्था छ ।’

चालू आवको झण्डै दुई महिना बाँकी रहे पनि निर्माणाधीन धेरै स्थानमा सम्पन्न हुने अवस्था नरहेको विभागले जनाएको छ । कोभिड–१९ सङ्क्रमण नदेखिएका कतिपय स्थानमा पनि प्रि–मनसुनका कारण काम गर्न कठिन हुनसक्ने देखिएको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालयले पनि विकास निर्माणका लागि दिइँदै आएको पासमा कडाइ गरेको छ । आमसमुदायमा कोभिड–१९ को त्रासका कारणले पनि निर्माण गर्न कठिन रहेको महानिर्देशक शर्माले बताए । निर्माणाधीन आयोजना रहेका स्थानमा आमनागरिकबाट विरोध हुन थालेको छ । निर्माण सामग्री लिन जाँदादेखि निर्माणको काम गर्दासम्म चालक, मजदुर र कर्मचारीसँग समुदायले शङ्का गर्ने गरेको पाइन्छ । उनले भने, ‘काम गर्ने परिस्थिति नभएकाले चालू आवमा भौतिक प्रगति अब त्यति धेरै बढाउन सकिँदैन ।’

विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा सडक र पुल निर्माण भएको हो । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माण भएको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगिमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ ।

विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ ।

सरकारले निर्माणाधीन आयोजनाको काम स्वास्थ्यमा सावधानी अपनाउँदै अघि बढाएको छ । निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको छ । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दीको अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजनामध्ये तत्काल गर्न आवश्यक आयोजनाको काम अघि बढिरहेका छन् ।–सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top