१३ जेष्ठ, भक्तपुर ।
भक्तपुरको नयाँ ठिमी चोकमा टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते भएका छन् ।
बा ४ ख ४७०१ नम्बरको टिपरले सोमबार राति ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भइ महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।
उनको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
