एन्फाद्वारा जेठ १९ गते कार्यसमितिको बैठक आह्वान

१३ जेठ ७७, बुधबार

१४ जेष्ठ, एजेन्सी । अखिल नेपाल फुटबल संघ (एन्फा)ले समसामहिक बिषयमा छलफल गर्न जेठ १९ गते कार्यसमिति बैठक बोलाएको छ ।

एन्फाको संशोधित विधान अनुसार बैठक बस्नु ७ दिन अघि कार्य समिति सदस्यलाई जानकारी गराउनुपर्ने ब्यवस्था अनुसार एन्फाले आगामी सोमबारका लागि बैठक आह्वान गरेको हो ।

एन्फा प्रवक्ता किरण राईले महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण भिडियो कन्फरेन्समार्फत बैठक बस्न लागेको जानकारी दिए ।

Advertisement

बैठकमा एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ ।

बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई प्रदान गरिने कोरोना राहतको बिषयमा छलफल हुने बताईएको छ ।

Advertisement

एन्फाले यसअघिनै कोरोनाका कारण आर्थिक क्षति ब्यहोरेका सबै जिल्ला र क्लबलाई आवेदन दिन आह्वान गरे अनुसार जिल्ला र क्लबबाट आएको निवेदनका आधारमा एन्फाले फिफामा राहत रकम माग गरेको छ ।

फिफाले कोरोनाबाट प्रभावित विश्वभरका फुटबल समुदायलाई यसअघिनै सहयोग गर्ने बताईसकेको छ ।

यस्तै, बैठकका लागि एन्फाको साधारण सभा, अनुशासन र विविध एजेण्डा तय गरिएको छ ।

बैठकले एन्फाको बार्षिक साधारण सभाको सम्बन्धमा निर्णय गर्ने बताईएको छ । यस्तै, अनुशासनको एजेण्डा समेत समावेश गरिएको छ ।

संस्था विरोधी गतिविधि गरेको आरोपमा एन्फाले अघिल्लो सातामात्र ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो ।

एन्फाको सचिवालय बैठकले ललितपुर जिल्ला अध्यक्षलाई स्पष्टिकरण सोध्दै निलम्बनको निर्णय गरेको थियो ।

अनौपचारिक रुपमा कार्यसमित सदस्यसंग छलफल गरेर निर्णय गरेपनि बैठकमा एजेण्डाको रुपमा बिषयले प्रवेश पाउने देखिएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top