संविधान संशोधन प्रस्ताव आज संसद बैठकमा पेश गरिँदै

१३ जेठ ७७, बुधबार

१४ जेष्ठ, काठमाडौं । सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्दैछ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रस्ताव पेश गर्न लागिएको हो ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।

नेपालको नक्शामा उल्लेखित अन्तर्रा्ष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।

Advertisement

मधेश केन्द्रित दलहरुले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि यसै बेला एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् । सरकारले भने यो नितान्त भूगोलको अन्तर्रा्ष्ट्रिय सिमानासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने बताउँदै आएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याउने प्रस्तावलाई समर्थन गर्ने जनाइसकेको छ भने संसदमा रहेका अरु दलले पनि समर्थन गर्ने जनाएका छन् ।

Advertisement

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । सरकारले संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गराएको थियो ।

त्यसअघि जेठ ५ गते मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्शा पारित गरेपछि दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको थियो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो भएको दाबी गर्दै भारतले दशकौंदेखि कब्जा गरेको छ भने नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक भारतले उदघाटन गरेपछि यो विषय पछिल्लो पटक विवादका रुपमा सतहमा आएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top