×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय संयोजकमा डा.योगी

१७ जेष्ठ २०७७

१७ जेठ,काठमाडौं ।

विश्व हिन्दू महासङ्घ नेपालले डा.चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलका अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानको परिच्छेद-७ को दफा २० उपदफा ‘ङ’ अनुसार सङ्गठनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्चात्य दुवै दर्शनका ज्ञान र विज्ञानका क्षेत्रमा विशिष्टता हासिल गरेकाे मूल्यमा आधारित शिक्षाका अभियानकर्मी योगीलाई सो जिम्मेवारी दिएको हो ।

Advertisement

विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएका विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कन चाहेकाले ल्याउने उचित प्रबन्ध गर्न पनि महासङ्घले माग गरेको महासचिव गणेशप्रसाद न्यौपानेले जानकारी दिए । नेपालीलाई मातृभूमि प्रवेश गरेपछि आधारभूत आवश्यकतासहितको क्वारेन्टिनमा राखी उपचारको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।

कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ । कोरोनाका कारण विश्वव्यापीरुपमा जीवन गुमाएकाहरुका लागि आआफ्नो धर्म संस्कृतिअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सम्बन्धित देशका सरकारसँग आह्वान गरिएको उनले सुनाए । यही जेठ १० गते रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा भएको मानवीय क्षतिको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्नुपर्ने महासङ्घको ठहर छ ।

नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले अतिक्रमण गरी सडकसमेत निर्माण गरेका विषयमा सरकारले सुगौली सन्धिअनुरुपको राष्ट्रको नक्सा तयार गरेकामा बैठकले धन्यवाद ज्ञापन गरेको छ । सो सम्बन्धमा तत्काल कूटनीतिक वार्ताको वातावरण बनाई नेपालको सम्प्रभूतालाई कायम गर्न महासङ्घले आह्वान गरेको छ ।

पूर्वजले हजारौँ वर्ष पहिले अर्थात् सृष्टिदेखि नै विकास गरेको आदिभाषा संस्कृतलाई विश्वका अन्य देशले समेत अध्यापन गराउन थालेकाले कक्षा १ देखि नै ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा लागू गर्ने सरकारको योजनालाई सफल बनाउन भूमिका खेल्ने प्रतिबद्धता महासङ्घले जनाएको छ ।रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top