सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायोः मिनेन्द्र रिजाल

१८ जेठ ७७, आइतबार

१८ जेष्ठ, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताएका छन् ।

Advertisement

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमानमाथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर गुमाएको बताए । उनले भने, ‘‘यसपालि मुलुकलाई संकट छ । दुनिया सताब्दीको गहिरो संकट भोग्दै छ । यो संकटलाई अवसरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो ।

बलसाली सरकारले त्यो कल्पनाशिलता देखाएन ।’’ बजेटमा काम गर्छु भनेर ८३ पेजको दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ भनेर उनले प्रश्न समेत गरे । कोरोना नियन्त्रण तथा रोकथामकालागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको उनले बताए ।

Advertisement

स्थानीयतहलाई शसर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उनले संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको बताए । रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न समेत नपुग्ने बताए ।

उनले भने, ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ । ६ लाखको खर्च गर्न सक्ने क्षमता छ ?क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ ।’

Advertisement

अझै पनि अर्थतन्त्रको उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘‘८३ पेजको दस्तावेजलाई विर्षेर फेरी अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पु¥याउने भन्ने कुरा सोचौँ ।

त्यसकालागि साझा कुरा के हुन्छ भन्ने कुरा तर्फ लागौँ । साझा अठोट बाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नु भयो भने अहिलेको परिस्थितलाई बदल्न सक्छौ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top