×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

राजेन्द्र महतोले संसदमा भने “यो नैतिकता नभएको सरकार हो”

१८ जेष्ठ २०७७

१८ जेष्ठ, काठमाडौं ।

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामीे आर्थिक बर्ष २०७७÷७८ को बजेटलाई “औपनिवेशिक योजनाको निरन्तरता”को संज्ञा दिएका छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले “आफू मालिक र अरु भिखारी” प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरेका हुन् । उनले बजेटले आम नेपाली जनतालाई उत्साहीत बनाउन नसकेको टिप्पणी गरे ।

उनले भने “थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने ? राज्यधारीहरुको पक्षपोषण गर्नकालागि ल्याईएको बजेट । राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट । राज्य विहिनहरुलाई अझ सिमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्र अनुसार नै आउने हो ।

औपनिवेशिक योजनाको निरन्तरता वाहेक केही पनि भन्न सकिदैन यसलाई । ” केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । उनले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गरे ।

लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी , मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै उनले नागरिकले राज्यबाट सम्मान पाएको छ ? भनी प्रश्न गरे । उनले भने “राज्यको चरित्र जस्तो छ । त्यस्तै गतिविधि हुन्छ ।

उसको नियत जस्तो छ त्यस्तै नियम बनाउछ, कानुन बनाउँछ , संविधान बनाउँछ , बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ । यही नेपालमा भईरहेको छ । यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलितको संख्या पीडीत भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यहीहो ।

के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?” कोरोनका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालिन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रमहरु बजेटमा आउन नसकेको टिप्पणी गरे ।

उनले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश पोखे । उनले भने “अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिन दहाडै मरिरहेको छ । यहाँ भाषण भईरहेको छ ।

Advertisement

कोही मर्न दिदैनौ रे ?” उनले एकल जातिय आधारमा गरिएको शासन र नश्लिय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने बताए ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top