×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

लकडाउनको ७४ औं दिन काठमाडौमा खुले पसल

२३ जेष्ठ २०७७

२३ जेष्ठ, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउको ७४ दिन पुगेको छ ।

सरकारले गत चैत ११ गते यता कोरोना रोकथामका लागि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक जेठ ३१ गते सम्मका लागि लकडाउन लम्ब्याएको छ । सरकारले लकडाउन लम्ब्याउँदै जाने र कोरोना संक्रमणको जोखिम पनि बढ्दै जाने भएकाले आर्थिक जीवनमा असर परेको भन्दै मानिसहरु काममा निस्किएका छन् । जसका कारण सडकमा सवारी साधनको चाप बढेको छ ।

Advertisement
Advertisement

शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बढेको देखिएको छ । साना व्यवसायीहरुले पनि विहान चार घण्टा पसल खोल्ने निर्णय गरेपछि न्युरोड, भोटेबहाल, बानेस्वर लगायतका ठाउँका केही पसलहरु खुलेका छन् ।

त्यसैले पनि मानिसहरुको आवागमन बढ्दा मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावस्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिस्ठानका कर्मचारी, व्यवसायीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि कार्यालयको परिचयपत्र नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् ।

Advertisement
Advertisement

विश्वमै सबैभन्दा लामो लकडाउन नेपालमा गरिएको र संक्रमणको दर रोक्न नसकिएकोले लकडाउनको मोडालिटी परिवर्तन गर्न जनजीवन सहज बनाउनुपर्ने सुझाव विज्ञहरुले दिदै आएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण नियन्त्रणका लागि चिनले पनि ७४ दिन पछि कडाउन खोलेको थियो । तर नेपालमा भने लकडाउनको ७४ दिन पुग्दा संक्रमणको दर झनै बढ्दै गएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top