×

NEPAL TIMES UPDATES

Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026

प्रतिनिधिसभामा विनियोजित खर्च माथिको छलफल सुरु, ११ वटा खर्च कटौतिको प्रस्ताव

२३ जेष्ठ २०७७

२३ जेठ, काठमाडौँ ।
प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक बर्षको बजेट अन्र्तगत मन्त्रालयगत विनियोजित खर्च माथिको छलफल सुरु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयका लागि विभिन्न शिर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले आ-आफ्नो धारणा राखेका हुन् ।

यी मन्त्रालयमा विनियोजित गरेको खर्चका सम्बन्धमा सांसदहरुबाट ११ वटा खर्च कटौतिको प्रस्ताव दर्ता भएका छन् । खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले मन्त्रालयले अघि सारेका कार्यक्रम र त्यसको प्रभावकारीता तथा क्षेत्रगत रुपमा विनियोजित बजेटले न्याय र समानताको प्रत्याभूति गर्न नसकेको भन्दै खर्च कटौति गर्न माग गरेका थिए । सांसद पुष्पा भुसाल गौतमले कानुन बनेपनि कानुन कार्यान्वयनका लागि कार्यविधि र नियमावलि नबनेका कारण संविधान कार्यान्वय तर्फ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय गम्भीर नदेखिएको टिप्पणी गरिन् । उनले कानुन कार्यान्वयनका लागि अदालतलाई आवश्यक बजेटको व्यवस्था गर्न नसकिएको, कारागारको अवस्था दयनिय देखिएको र त्यसको गुणस्तर बढाउनेमा पर्याप्त बजेट विनियोजन नभएको, मात्तृमृत्युदर घटाउने विषयमा प्राथमिकता दिन नसकेको भन्र्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शिर्षकको खर्च कटौति गरि १ रुपैया कायम गर्न प्रस्ताव गरिन् ।

Advertisement
Advertisement

त्यसैगरी सांसद उमा रेग्मीले महिला मैत्री बजेट नभएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैया घटाउन प्रस्ताव गरिन् । महिलालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम महिला बनाउने विषयमा सरकार पुरै उदासिन भएको टिप्पणी गरिन । उनले सरकारले कोही भोकै पर्दैन कोही भाकै मर्दैन भने पनि खान नपाएर आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको बताइन् । जिपछिरिङ लामा, देवप्रकास तिमिल्सिना सहित संयुक्त रुपमा राखिएको खर्च कटौति प्रस्तावको तर्फबाट बोल्दै सांसद सञ्जय कुमार गौतमले भौतिक पुर्वाधार तथा यातयात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैया कायम गर्न प्रस्ताव गरे । पुर्वाधार विस्तार गर्ने सवालमा सरकारले गत बर्ष जस्तै यस बर्ष पनि जनतालाई सपना बाड्ने मात्रै काम गरेको बताए । उनले रेल र पानी जहाजका बारेमा सरकारले ठूलो सपना बाडेको र जनतामा निरास पैदा गर्ने खालको बजेट भएकाले खर्च घटाउन प्रस्ताव गरिएको बताए । सरकारले चुरे र भित्र मधेसका क्षेत्रमा भएको कृषि उद्योगको वृद्धि विकास र बजारीकरणको काम गर्न नसकेको टिप्पणी उनले गरे ।

सांसद रामबहादुर विष्ट, मिनाक्षी झा समेतले संयुक्त रुपमा दर्ता गराएको खर्च रकम कटौतिको प्रस्तावको तर्फबाट बोल्दै सांसद उमाकान्त चौधरीले शहरी विकास मन्त्रालय अन्र्तगत पोशाक खर्च र पदाधिकारी इन्धन भत्ता कटौती गरी १ रुपैया कायम गर्न प्रस्ताव गरे । सांसद लक्ष्मी परियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैया घटाउन प्रस्ताव गरिन् । खर्चमा मितव्ययीता अपनाउन नसकेको तथा शीर्षक नै पारदर्शी नभएको उल्लेख गर्दै उनले भने -“मन्त्रालयको बजेट नियाल्दा सरकार कम्युनिष्टको भन्थे तर कमाउनिष्टको रहेछ भन्ने देखिन्छ । बजेटको बुँदा नम्बर १ सय ५ मा प्रस्ताव गरिएको भूमि बैक कसरका लागि ल्याएको सभामुख महोदय ?”

त्यसैगरी सांसद सुजाता परियारले आधारभूत खानेपानी पुर्याउने भनेर लक्ष्य मात्रै राखिएको तर त्यसका लागि आवश्यक योजना र बजेट विनियोजन नभएको भन्दै खानेपानी मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैया घटाईयोस् भनी प्रस्ताव पेश गरिन् । मेलम्चीको पानी राजधानी ल्याउने बारे सम्बन्धीत मन्त्रीले पटक पटक प्रतिवद्धता जाहेर गरेपनि अहिलेसम्म पानी राजधानी ल्याउने काम नभएको भन्दै उनले मेलम्चीमा भएको भ्रष्टाचार कहिले छानविन हुन्छ ? भनी प्रश्न गनि । सांसद रंगमती शाहीले खेलाडी उत्पादन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता पाल्ने खालका शिर्षकमा बजेट विनियोजन भएको भन्दै युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैया घटाईयोस् भनी खर्च कटौतिको प्रस्ताव प्रस्तुत गरे । उनले एक खेल एक खेल मैदान निर्माण गर्न, खेलाडीको सबै जिम्मा सरकारले लिन, प्रत्येक जिल्लामा कुनै न कुनै खेलको राष्ट्रिय प्रतियोगिता गराउनुपर्ने धारणा राखे ।

Advertisement

त्यसैगरी सांसद प्रेम सुवाल र दुर्गा पौडेलले शुक्रबार बैठकमा छलफल भएका सबै मन्त्रालयका लागि विनियोजित खर्च रकम घटाईयोस् भनी खर्च कटौतिको प्रस्ताव प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top