×

NEPAL TIMES UPDATES

Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026

फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक, किसान खुशी

२८ जेष्ठ २०७७

 २८ जेठ, जाजरकोट ।

भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुशी भएका छन् ।

Advertisement

कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुशी भएको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर थापाले बताए । गाउँपालिकाभरि फौजी किराले मकै सखाप पारेपछि कृषक हैरान भएको उनले बताए । अहिले प्राविधिक गाउँ गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताए ।

गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ कहाँ फौजी किराले मकैको बोट काटेको छ त्यहाँबाट सिधा गाउँपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । फौजीकिरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजीकिरा नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेको छ । सोही कोषमार्फत कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भने, ‘अध्यक्षलगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा हामी विषादी र स्प्रे ट्याङ्की बोकेर गाउँ गाउँका खेतबारीमा पुग्छौँ ।’ गाउँपालिकाभित्र रहेका कृषि जेटिए पढेर बस्नुभएका आन्तरिक जनशक्तिलाई दैनिक रु ५०० भत्ता दिएर फौजीकिरा नियन्त्रणका लागि खटाउने काम भएको छ, अधिकृत शर्माले भने । पहिलो चरणमा रु दुई लाख ५० हजार कोष स्थापना गरेर फौजीकिरा नियन्त्रणको काम भएको समेत उनले बताए ।

शिवालय गाउँपालिकामा मकै सबैभन्दा बढी उत्पादन हुने अन्नमध्येमा पर्छ । करिब १८ हजार जनसङ्ख्या भएको सो गाउँपालिकामा दुई हजार ४९२ घरधुरी रहेको छ । सिँचाइ क्षेत्र कम भएको यहाँ आकाशे पानीको भरमा वर्षेनी खेती हुँदै आएको छ । शिवालय गाउँपालिका जिल्लाको पश्चिम भागमा रहेको छ । साविकका तीनवटा गाविस सीमा, थालारैकर र जुंगाथापाचौर मिलेर शिवालय गाउँपालिका बनाएको हो ।

स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत, साधन, पर्यटनको प्रचुर सम्भावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो । जिल्लाको कूल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटरमध्ये १३४.२६ अर्थात् १२५ भूभाग शिवालय गाउँपालिकाले ओगटेको छ । यातायातको हिसाबले भर्खरमात्र यो गाउँपालिकामा मौसमी यातायात सञ्चालन हुनेगरी बाटो निर्माण कार्य भइरहेको छ ।रासस

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top