भोलि मध्यान्न कुवेतबाट तीन सय नेपाली काठमाडौँ आइपुग्ने

२८ जेठ, काठमाडौँ ।
कुवेतबाट नेपाली नागरिक बिहीबारमात्र स्वदेश फर्कने भएका छन् । दुई वटा उडानमार्फत तीन सय जना नेपाली नागरिक नेपाल आउने भएका हुन् । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको थियो ।

कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समय मिलाउन कठिन भएको थियो । दुवैतर्फको सहमतिमा बिहीबार दिउँसोको समयमा दुवै जहाज अवतरण हुने भएको छ ।

कुवेतको जजिरा एयरलायन्सको दुई जहाजमा त्यहाँबाट नेपाली नागरिक आउँदैछन् । पहिलो फ्लाइट बिहान साढे ११ बजे र दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली बिहीबार फर्कन लागेका हुन् । विभिन्न मुलुकमा अलपत्र परेका नेपाल स्वदेश फर्कने क्रममा मङ्गलबार राती ११ जना अष्ट्रेलयाबाट स्वदेश फर्किएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top