२९ जेष्ठ, विराटनगर ।
कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विराटनगरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
साथै उनीहरुले सरकारले गरेको खर्चको विवरण पनि पारदर्शी बनाउन पनि माग गरेका छन् । बिभिन्न संगठन र समाजिक संस्थामा आवद्ध युवाहरुले प्लेकार्डमा लेखिएका नारासहित कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको दश अर्ब रुपैयाँको पारदर्शी विवरण सार्वजनिक गर्नु पर्ने माग गरेका हुन् ।
साथै सरकारले कोरोना संक्रमण रोक्न चालेको कदम प्रभावकारी बन्न नसकेको ठहर उनीहरुको छ । बिहीबार विराटगरको घोघापुल चोकबाट निस्किएको युवाहरुको र्याली मार्च पास गर्दै रोडशेषचोक स्थित मुख्यमन्त्री कार्यालयमा पुगेर २० मिनेट धर्नामा बसेको थियो ।
त्यसपछि पुन मार्चपास गर्दै युवाहरुको महानगरपालिका अगाडी पुगेर सडकमा धर्ना दिएका थिए । कोराना महामारीकालागि संघीय, प्रदेश र स्थानीय सबै तहका सरकारले प्रभावकारी काम गर्न नसकेकोले सुशासन कायम गराउन विराटनगरका युवाहरुले स्वतःस्फुर्त रुपमा विरोध ¥याली आयोजना गरेको सहभागी युवा बसन्त अधिकारीले बताए ।