×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

पथ प्रदर्शकहरुका लागि राहत प्याकेजको माग

३० जेष्ठ २०७७

३० जेठ, काठमाडौँ ।
पथ प्रदर्शकहरुले लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् । ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका पदाधिकारीहरुले कोरोना भाइरस रोकथामकालागि लकडाउन गरिएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको भन्दै राहतको माग गरेका हुन् ।

शुक्रबार नेपाल पर्यटन वोर्डको कार्यालय पुगेर उनीहरुले मागपत्र पेश गरेका छन् । एसोसिएसनका महासचिव सार्की शेर्पाले पर्यटन व्यवसाय नियमित रुपमा सुचारु नभएसम्मका लागि प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ सम्म सहुलियतपूणर् ऋण उपलब्ध गराउनुपर्ने बताए । उनले अहिले सबै पथप्रदर्शकहरु बेरोजगार बनेको र दैनिक गुजारा चलाउन समेत समस्या भइरोखको बताए । पथ प्रदर्शक (ट्रेकिङ गाइड) र यस क्षेत्रमा काम गर्ने सबै मजदूरहरुलाई आवश्यक तालिम उपलब्ध गराउन र सामाजिक सुरक्षाकोषमा आवद्ध गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको महासचिव शेर्पाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पथप्रदर्शकहरुले पर्यटन विधेयक २०७७ मा पथप्रदर्शकको भूमिका स्पष्ट गर्न समेत माग गरेका छन् । उनीहरुले अनुभव तथा सीपको आधारमा पथप्रदर्शकहरुको स्तर वर्गीकरण गर्न, राजश्व एकद्धार प्रणालीबाट लिनुपर्ने, सरकारले पर्यटकहरुलाई जारी गर्ने अनुमतिपत्रमा टिम्स तथा राष्ट्रिय निकुञ्ज प्रवेश अनुमतिपत्र तथा संरक्षित क्षेत्र अनुमतिपत्रमा सम्बन्धित पथप्रदर्शकको नाम र परिचयपत्र उल्लेख हुनुपर्ने लगायतका व्यवस्था ऐन मार्फत नै गर्न माग गरेका छन् । उनीहरुले टिम्स बापत उठाएको मजदुर कल्याणकारी कोषमा रहेको रकमबाट पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुका लागि राहत उपलब्ध गराउन माग गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top