×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

बिडिसिए कप क्रिकेटमा गजेन्द्रको नयाँ रेकर्ड

२८ चैत्र २०७४

बैतडी, २८ चैत ः गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।

निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग चरणको खेलमा बोहराले केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् ।

निंगलाशैनी खेल मैदानमा उनले ५५ बलमा १४३ रन बनाए । यसक्रममा बोहराले सात छक्का र २१ चौका प्रहार गरे । उनले ४२ बलमै शतक बनाएका थिए ।

बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टका अनुसार यसअघि बिडिसिए कपको एउटै इनिङमा सर्वाधिक रन बनाउनेको सूचीमा कैलपाल क्रिकेट क्लबका जनक चन्दको नाम सामेल थियो । चन्दले १०९ रन बनाएका थिए ।

नयाँ रेकर्ड बनाएका बोहराले गत असारमा काठमाडौँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम यू–१६ को टिमबाट खेलिसकेका छन् । उनी गत वर्ष नै काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पनि काठमाडौँ किंग्स इलेभनका लागि छनोटका क्रममा तेस्रो राउण्डसम्म पुगेका थिए ।

बोहरा विगत दुई वर्षदेखि काठमाडौँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आबद्ध छन् । उनले भारतको मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमीबाट तीन वर्षसम्म प्रशिक्षणसमेत लिएका थिए । दशरथचन्द नगरपालिका–२ देहिमाडौँका १५ वर्षीय बोहरा दाँया हाते ब्याट्सम्यान हुन् ।

केदारशक्ति क्रिकेट क्लबबिरुद्धको खेलमा बोहराको १४३ रनको व्यक्तिगत स्कोरसहित निंगलाशैनीले चार विकेटको क्षतिमा २० ओभरमा ३०३ रन बनाएको थियो । “बिडिसिए इतिहासमै कुनै एउटा टिमले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो,” संघका कोषाध्यक्ष भट्टले भने ।

उक्त खेलमा निंगलाशैनीका प्रकाश नाथले ६० तथा लक्ष्मण बोहराले ५१ रन बनाए । तीन सय ४ रनको विजयी लक्ष्य पछ्याएको केदारशक्तिले १० दशमलब १ ओभरमा मात्र ५१ रन बनायो । निंगलाशैनी बिडिसिए कपमा २५६ रनको फराकिलो अन्तरले जित्ने टोली बनेको छ ।

क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न बैतडी जिल्ला क्रिकेट संघले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दैआएको छ । जिल्लाबाट हालसम्म थुप्रै पुरुष र महिला क्रिकेट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

क्रिकेट गतिविधि भइरहेका भए पनि खेलमैदान नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ । जिल्लामा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द रंगशाला तीन वर्षदेखि अलपत्र अवस्थामा छ ।
रासस

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top