रुकुम घटनालाई लिएर माइतीघरमा साझा पार्टीको प्रदर्शन

रुकुम घटनालाई लिएर माइतीघरमा साझा पार्टीको प्रदर्शन

३२ जेठ, काठमाडौँ ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन् । पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताएका हुन् ।

उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । सरकारले विभेद भएका घटनाहरुमाथि छानविन गरी दोषिलाई कारबाही गर्न र सधैका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए । संयोजक मिश्रले आफ्ना छोराछारीलाई लुकाएर, पढाएर दलितवर्गका छोराछोरीलाई गोलि खुवाएर गरेको अन्दोलनले समेत विभेद अन्त्य गर्न नसकेको बताए । उनले भने- ‘संविधानमा लेखेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भनेर हामीले थाहा पाइसक्यौं । आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादिहरुको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं । उहाँहरुले तपाइहरुकै नाममा राजनीति गरेको होइन दशदश वर्ष ? तपाईहरुलाई अग्रपंक्तिमा राखेर मर्न बाध्य तुल्याएको होइन ? आफ्ना छोराछोरीलाई लुकाएर पढाएर तपाइहरुका छोराछोरीलाई घिसारेर लगेर गोलि खुवाएको हो कि होइन ? त्यति हुँदाहुँदै आज यो स्थिति किन आयो ? ‘

संयोजक मिश्रले गुणस्तरीय शिक्षासँगै मानिसहरुको सोचमा परिवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपस्थित हुन सक्ने क्षमता विकास भएमात्रै दलितमाथि हुँदै आएको विभेद अन्त्य हुने बताए । यस्तै विभेद हुनुको दोष इतिहासलाई मात्र दिन नहुने उल्लेख गर्दै राजनीतिक नेतृत्वले यसको जिम्मेवारी लिनुपर्ने बताए । संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरुले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफु विभेद गर्दिन अरुको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, र ‘मान्छे हुन के के चाहिन्छ ?’ लेखिएका ब्यानरहरु लिएर प्रदर्शन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.