×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

कैलालीमा क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक बलात्कार !

३२ जेष्ठ २०७७

३२ जेठ धनगढी ।
कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा-१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ती महिलाले शनिबार मध्यरातमा आफुमाथि समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् ।

१२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएर क्वारेन्टीनमा बसेकी उनले आफू स्वयम्सेवकबाटै बलात्कृत भएको बताइन् । सो घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश कुमार सिंहले बताए । उनले हालसम्म जाहेरी परेको नपरेको तर अनुसन्धान अघि बढाईएको बताए ।

Advertisement
Advertisement

ती महिलाले आफु सुतेको कोठाको ढोकामा चुकुल नभएपछि ढोकामा बेञ्च राखेर भित्र सुतेको र सुतेको बेला पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्न लगाएको बताइन् । मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गाली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पीडितले बताइन् । त्यसपछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको भन्दै उनले भनिन्, ‘उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्‍यो र ढोका खोलेर मलाई जबरजस्ती गर्‍यो ।’

Advertisement

उनले अर्का स्वयंसेवक आएर भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गुहार मागेपनि उसले पनि त्यस्तै व्यवहार गरेको उनले बताएकी छिन् । उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । नभएको आरोप लगाएर कसैको बेइज्जत गर्नुपर्ने केही कारण छैन ।’ भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र नदिए भिडियो भाइरल गर्ने धम्की दिएको पीडित युवतीले बताएकी छिन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top