×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नवराजकी ‘प्रेमिका’को बयान -‘बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास लाग्छ’(बयानसहित)

१ असार २०७७

१ असार, काठमाडौँ ।
रुकुम पश्चिमको सोतीगाउँमा तीन साताअघि नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् । प्रहरीसमक्ष दिएको बयानका क्रममा उनले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताएकी छन् ।

उनले घटनास्थलमा आफु नगएको र त्यो दिन दिउँसो भएको घटनाबारे आफुलाई थाहा नभएको बताएकी छिन् । उनले घटना भएको साँझ आमासँग अरुले कुरा गरेपछि नवराजको मृत्यु भएको थाहा भएको बताएकी छिन् । उनले भनेकी छिन-‘ साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुनेँ । पछि बुझ्दा मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूणर् विश्वास लाग्छ ।’

Advertisement

सो घटनामा आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत लगायतका कसुरमा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

१७ वर्षीय ती किशोरीले प्रहरीसमक्ष दिएको बयान

मृतक नवराज विकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका मैले एक्सेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गर्थ्यो । परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा मृतकसँग भेट भएकोले सो रातमा मृतककै घरमा बास बसी भोलिपल्ट घर गएकी हुँ । सो पश्चात पनि मिति २०७६ पौष महिना गते यकिन भएन, मृतक नवराज विकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौकामा समेत भेट भएकोले सो दिन समेत मृतककै घरमा गई सुती भोलिपल्ट घर गएकी हुँ । सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन, निजले फोनमा मलाई विवाह गरौं भनी कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ, निजको घरमा बसेको त्यति नै हो ।

मलाई मिति यकिन भएन मृतक नवराज विकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ । भोलिपल्ट बिहान पनि निज नवराज विकसमेत मेरो घर नजिकै ििहँडरहेको देखी मेरो बुवाआमा समेतले सम्झाई आफ्नो घरतर्फ पठाएकोमा २०७७ साल वैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु विकलाई ल्याई मेरो गाउँमा आएको रहेछ तर मैले देखिनँ । गाउँलेले भनेको सुनेकी थिएँ ।

मिति २०७७।०१।१७ गते राति ८ बजे समेत निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घननजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए । मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज विकलाई फेसबुकमा ब्लक गरेदेखि निजसँग कुनै कुरा भएन, मेरो भाइको मोबाइलबाट म्यासेजमा कुराकानी भएको थियो, वारदातको दिन नवराज विकले केटाहरु ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन, मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज विकले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ ।

सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ, सो कुरा आमाले मलाई मिति २०७७।०२।१र२ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएं, मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिए, मेरो घर नजिक नवराज विकसमेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली गरी पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए तर मैले केटाहरुलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन ।

Advertisement

सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुनेँ । पछि बुझ्दा मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूणर् विश्वास लाग्छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top