योगेन्द्र योगी
५ असार, दोहा । रोजगारीको सिलसिलामा साउदी अरवमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीका परिवारले पाउनुपर्ने रकम नेपाल पठाएको साउदीस्थित दूतावासले जनाएको छ ।
दूतावासका अनुसार तलबभत्ता, बीमा, ब्लडमनी, जीवन बीमा र सर्भिस बेनिफिट बापत पाउनुपर्ने ७ लाख ५८ हजार ७१६ साउदी रियाल अर्थात आजको विनिमय दर अनुसार २ करोड ४६ लाख ३२ हजार रुपैयाँ दूतावासले कन्सुलर सेवा विभागमा पठाइएको जनाएको छ ।
६८ जना मृतकका आफन्तलाई ब्लडमनी बापतको झण्डै ५६ लाख ६५ हजार ५ सय साउदी रियाल अर्थात आजको विनिमय दर अनुसार १८ करोड ३९ लाख रुपैयाँ पनि सम्बन्धित पक्षबाट असुल उपर गरी सम्बन्धित परिवारलाई उपलब्ध गराउने प्रयास भइरहेको दूतावासले जानकारी दिएको छ ।


