×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवा

६ असार २०७७

६ असार, रोम ।
कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन ९ मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छिन् ।

इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेको कपुसिओनीले बताइन्। “हामी विवाह गर्न उत्साहित छौँ तर महामारीका कारण साथीहरू र परिवारका सदस्यहरूको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भनिन्। हुनत यसका पछाडि धेरै कुरा छन् ।

Advertisement
Advertisement

कासिमिरी, ३३–वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जीउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छैन,” उनले बताइन् ।

मध्य इटालियाली फ्लोरेन्सको ठीक बाहिर, भाल डी आर्नोमा बसोबास गर्ने कपुसियुनी र कासिमिरीको निर्णय सम्पूर्ण इटलीभरि दोहोरिएको छ र यो बुझ्न सकिने छ । विवाहमा ढिलाई हुने कुनै वास्तविक राष्ट्रिय तथ्याङ्कहरू छैनन् तर सबै युवाहरूले केही ढिलो गर्ने निधो गरेका छन् ।

विवाहलाई ढिलो गर्नुमा एउटा त महामारीका कारण जमघटमा हुने समस्या हो भने अर्को स्वास्थ्य सङ्कटका कारण इटालीमा मृत्यु भएका मानिसहरूका कारण इटलीभर शोकमग्न समुदायको रमाइला गतिविधिमा औधि मोह देखिइसकेको छैन । विस्तारै सामान्य जीवनतिर फर्किने अभ्यास इटलीबासीहरूले गरेका छन् ।

हाल सम्म, नियमहरूले इटालियाली क्षेत्रबीच वा इटाली बाहिरबाट निषेधित यात्रालाई अहिले पनि निषेधित गरेको छ । विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तीमा दुई मिटर एक अर्काबाट टाढा हुनुपर्दछ । खाना बफेहरू, इटालियन विवाहको मुख्य आधार हो ।

तर यो प्रवृत्तिले क्याटरिङ, रेस्टुरेन्ट, फूल बिक्रेता तथा अन्य व्यवसायहरू जसले वार्षिक १० अर्ब यूरो अर्थात् ११ अर्ब अमेरिकी डलर कर राज्यलाई तिर्ने गर्थे एउटा सङ्कटमा पर्ने देखिएको छ ।

“कोरोनाभाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाइए पनि हप्तौँ बितेको तालाबन्दी र प्रकोपबाट आएको सबै समाचारले मनोवैज्ञानिक छाप छोडेको इटालीको सेवा उद्योगको व्यवस्थापन निगरानी गर्ने संस्था प्रोन्टोप्रोका निर्देशक एलिस फिगारोलीले सिन्ह्वासँग भने, “धेरै जोडीहरूले यस्तो चुनौतीपूर्ण अवधिमा आफ्नो जीवनको सबभन्दा खुसीको दिन के हुनुपर्दछ भनेर योजना गर्न कठिन छ ।”

सरकारले आफ्नो सुधार योजनामा विवाहका लागि केही प्रोत्साहन समावेश गरेको छ । सबैभन्दा ठूलो विवाह समारोहको २५ हजार यूरो अर्थात् एक त्रैमासिकको कर खर्च कर्जा उपलब्ध गराउनेछ, जुन प्रोत्साहन जनवरी १, २०२१ पछि विवाह गर्ने दम्पतीलाई दिनेछ । सरकारले आर्थिक सङ्कटका समय फजुल खर्च जोगाउनका लागि पनि विवाहका कार्यक्रमलाई पछि सार्न प्रोत्साहित गरेको देखिन्छ । कर छुटका कारण धेरै जोडीले ढिलो विवाह गर्न तयार भएका तर्क पनि इटलीमा राखिने गरिएको छ ।

मिलानका इल्लारिया मेस्सा र मटिया बिफ्फीले भने सेप्टेम्बरमा हुने विवाहलाई ढिलाइ गर्ने निर्णयमा कर प्रोत्साहनले कुनै भूमिका नखेल्ने बताउए । उनीहरूको शहर कोरोनाभाइरसका कारण निकै प्रभावित भएको तथ्य विवाह मिति सार्नुको मुख्य कारण हो भने ।

“सेप्टेम्बरको समयसम्म प्रकोपको स्थितिमा अवस्था अझ राम्रो देखिन सक्छ, तर हामी विवाहको बारेमा चिन्ता लिन चाहँदैनौं,” ३६वर्षीया मेसाले अन्तर्वार्तामा भने “हामी विवाहित पाहुनाहरूलाई हुने कठिन परिस्थितिमा टाढा राख्न चाहन्छौँँ ।”

“विवाहजस्तो रमाइलो कार्य यो सङ्कटका समय गरिने उचित होइन ,” ३४ वर्षीय बिफले भने। यो समयमा विवाह निकै नरमाइलो हुने निष्कर्षसहित आफूहरूले विवाहलाई अर्को वर्ष सार्र्ने योजना रहेको बिफले बताए ।

उनले थपे– “कल्पना गरौँ न हामीले विवाहको सम्झनाका लागि खिचिने भिडियो र तस्वीरहरूमा अनुहारमा सङ्क्रमण हुन नदिन लगाइने प्लाष्टिकका कभरहरू, मास्क, ग्लोब्सजस्ता सङ्क्रमणबाट सुरक्षाका लागि प्रयोग हुने सामग्रीहरू ।”

चालीस वर्षीया अन्ना मारिया पिरोज्जी र ३९–वर्षीया एन्टोनियो कोस्टाले भने सङ्कटको वेला भएपनि विवाहमा ढिलाई नगर्ने थोरै प्रतिशत अविवाहित युवा जोडीहरूको प्रतिनिधित्व गर्छन् । उनीहरूले अझै पनि यस वर्ष विवाह गर्ने योजना बनाएका छन् । तर विवाहलाई रोम बाहिर मात्रै गर्ने र यसमा आफूहरू सेप्टेम्बरमा विवाहको मिति कायम गर्ने निर्णयको पछाडि पारिवारिक अवस्था रहेको बताए।

प्रियोजीले भने– “हामी दस बर्ष भन्दा बढी समयदेखि सँगै छौँ र हाम्रा दुई बच्चाहरू छन्, तर हाम्रा आमाबाबुले सधैं भन्नुहुन्छ कि उहाँहरू हाम्रो बिहे गरेको देख्न चाहनुहुन्छ । मेरी आमा र एन्टोनियोका बुबा दुवैको स्वास्थ्य अवस्था कमजोर छ । त्यसैले हामीले निर्णय गरेको समय ठीक छ ।”

Advertisement

“हामी विवाहको मितिलाई उत्सव मनाउने कारणको रूपमा हेर्दैछौँ । यसमा संलग्न सबै उत्साहित हुनेछन् । कठिन परिस्थितिका वावजुद पनि हाम्रो विवाहमा रमाउने छन् ।” तर एक चिकित्साकर्मीसमेत रहेका युवा कोस्टाले कोरोनाभाइरस सङ्क्रमणको महामारीको समय ३० मा २८ दिन काम गरेको अनुभव साट्दै भने– “हो विवाहको योजनालाई थोरै कटौति गरेर भएपनि स्वास्थ्य समस्या केही कम भएपछि विवाह गर्नुपर्छ ।”
“हाम्रो वित्तीय स्थिति अहिले बढी कमजोर छ र त्यसैले हाम्रो योजनाहरूमा कटौति गरेका छौँ,” कोस्टाले भने । “हामी केवल परिवार र घनिष्ठ मित्रहरूलाई आमन्त्रित गर्दैछौँ । परिस्थिति पूर्ण छैन । तर म सधैं आशावादी बन्ने प्रयास गर्छु र त्यसैले मेरो विचारमा इटालियनहरूले सन् २०२० लाई कारोनाभाइरस बाहेक अन्य केही स्मरणीय घटनाको वर्ष बनाउनुपर्छ ।रासस / सिन्ह्वा

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top