धान भण्डार समस्याले परनिर्भता वृद्धि

१४ असार ७७, सोमबार

१५ असार, भीमदत्तनगर ।

सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा वर्षेनी धान उत्पादन बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको छ ।

यहाँ खाद्यान्न भण्डारणको क्षमता पर्याप्त नहुँदा यहाँ उत्पादित खाद्यान्न भण्डारणमा समस्या भइरहेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । ती दुई जिल्लामा उत्पादित खाद्यान्न अन्य सात पहाड जिल्लामा आपूर्ति गर्ने गरिएको उनले जानकारी दिए । कैलालीमा ७१ हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

Advertisement

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका एक लाख ७२ हजार ३०० मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी कैलालीमा २०७५/७६ मा दुई लाख ९३ हजार ५०० मेट्रिक टन धान उत्पादन भएकोमा २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।

‘भण्डारणको समस्याले कारण पनि परनिर्भरता बढेको हो ।’ उनले भने– ‘आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ ।’ उनका अनुसार चालू आवमा पनि प्रदेश सरकारले यान्त्रिकरण अनुदान कार्यक्रम अन्तर्गत यहाँका २८६ जना किसानलाई रोटाभेटर, पावरटिलर, टुयाक्टर, थ्रेसर लगायतका कृषि औजारहरु वितरण गरिरहेको छ ।

Advertisement

‘हामीले कृषिमा आधुनिकीकरणलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छौं ।’ उनले भने– ‘हलोको ठाउँमा च्याङ्फा ट्याक्टरले खेती गर्ने क्रम बढेको छ ।’ ती दुई जिल्लामा उत्पादन हुने धानको भण्डारण गर्न सकिए अन्य सात जिल्लाका लागि खाद्यान्न अन्यत्रबाट आयात गर्न नपर्ने अवस्था छ । ‘यहाँको उत्पादन बाहिर जान्छ र त्यही उत्पादन प्रशोधन भएर हामीकहाँ पुग्छ ।’

उनले भने– ‘सिँचाइका ठुला आयोजनाहरु पनि चाँडो सम्पन्न गर्ने सके उत्पादन झन बढ्छ ।’ कृषिमा प्रविधि भित्रिदा श्रमको बचत समेत हुने गरेको छ । उनले भने– ‘यहाँ उत्पादन भएको धान यही भण्डारण गर्न सके तराइका दुई जिल्ला लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत खाद्यान्न पुग्छ ।’

हालसम्म कैलालीमा १७ हजार र कञ्चनपुरमा २ हजार मेट्रिक टन धान भण्डारण गर्न सक्नेमात्र गोदाम छ ।धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल श्रेष्ठले भण्डारणका लागि कोदाम अभाव भएको बताए । ‘आवश्यकता अनुसार भण्डारण गर्न सकिरहेका छैनौं ।’ उनले भने– ‘क्षमता बढाउन माथिल्लो निकायमा प्रस्ताव पेश गरेका छौं ।’ उनले थप १० हजार मेट्रिक टन भण्डारण क्षमता बढाउन आवश्यक रहेको बताए ।

त्यसैगरी पछिल्लो केही बर्षयता प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत धान जोन छुट्याइएको छ । ‘किसानलाई बीउ दिएर मात्रै भएन किसानको उत्पादनको सुरक्षा हुनुपर्छ र सरकारले दीर्घकालीन योजना अघि ल्याउनुपर्छ ।’ शुक्लाफाँटा नगरपालिका–१ का दिनराम रानाले भने– ‘अब कृषिमै स्वरोजगारीका प्याकेज ल्याएर भने कोरोनाले बेरोजारी ह्बात्तै बढ्ने देखिन्छ ।’ झण्डै चार बिघामा धान खेती गर्दै आएका रानाले कृषिमा भएको यान्त्रिकरणले सहज भएको बताए ।

कञ्चनपुरमा भीमदत्त तथा कृष्णपुरनगरपालिका,बेलौरी,पूर्नवास र लालझाडी गाउँपालिकामा ‘धान जोन’ रहेको छ । धान उत्पादन हुने क्षेत्रका किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था विद्यमान छ । ‘बोरिङ्ग गाउँमा एउटा पनि छैन’ उनले भने– ‘आकाशे पानीका भरमा खेती गर्न समस्या हुन्छ ।’ कञ्चनपुरमा अझै २७ प्रतिशत क्षेत्र आकाशे पानीको भरमा रोपाइ हुदै आएको ज्ञान केन्द्रको भनाइ छ । पछिल्लो दशकयता यहाँको खेतीयोग्य जग्गा आवासीय क्षेत्रमा परिणत हुँदै गएको छ ।

–शेरबहादुर सिंह/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top