×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

“सुन आफैँमा मूल्यवान् होइन, मानिसहरूले चाहेकाले मूल्यवान् भयो ”

१५ असार २०७७
✍अन्जेश काफ्ले

हाल सामाजिक सञ्जाल र भौतिक जगतमा पनि Pi Cryptocurrency (पाई क्रिप्टोकरेन्सी)ले निकै चर्चा पाइरहेको छ । यद्यपि, मानिसहरूमा यसको बुझाइ र वास्तविकताको विषयमा पर्याप्त जानकारी नभएको स्पष्ट देखिन्छ । कसैले यसलाई “Free money” हो, भविष्यमा डलर हुन्छ भन्दै झ्याली पिटिरहेका छन् भने कसैले यो त मान्छे फसाउने योजना हो, यस्ता धेरै आउँछन्, ठग्छन् भन्ने धारणा राखेको देखिन्छ । केही मानिसले त यो कानुन विपरीत हो, प्रयोग गर्दा कारबाहीमा परिन्छ समेत भन्ने गरेका छन् । विगतमा एक नेपाली Bitcoin Mining गर्दा अपराधी ठहर भएको घटनाको प्रभाव हुन सक्छ । लकडाउनका कारण प्राप्त भएको अतिरिक्त समयलाई प्रयोग गर्ने क्रममा पछिल्लो एक महिना Pi Network को अध्ययन गर्ने मौका मलाई मिल्यो । भविष्यमा भुक्तानी आदान–प्रदान गर्ने पारदर्शी र विकेन्द्रिकीत माध्यमका रूपमा Pi स्थापित हुन सक्ने र यसले मानव जगतमा एक आर्थिक क्रान्तिको रूप लीन सक्ने सम्भावना रहेको व्यक्तिगत निष्कर्षमा पुगेपछि यसको सत्य–तथ्य, उद्देश्य र सम्भावना सम्बन्धी जानकारी सबैमा हुनुपर्छ भन्ने मनसाय उत्पन्न भयो । तसर्थ, यो छोटो ज्ञानवर्धक सामाग्री सृजना गर्ने कोसिस गरेको छु । यदि तपाइँ पहिलेबाटै Pi को प्रयोग गर्नुहुन्छ भने पनि यो जानकारी प्रभावकारी हुने धारणा लिएको छु ।

अर्थतन्त्रलाई मानव निर्मित विधिका रूपमा प्रायःमानिसले बुझ्ने गरेका छन् । यद्यपि, मानवको उत्परिवर्तन सँगै अर्थतन्त्रको विकास भएको तर्क अझै गहकिलो छ । विकासका क्रममा मानिसका क्षमताहरू भिन्न हुँदै गए भने आवश्यकताहरू एक हुँदै गए । एक जनाले खेती राम्रो गथ्र्यो भने अर्कोले कपडा राम्रो बाट्थ्यो तर बाँच्नका लागि खेतको बाली र लगाउने कपडा दुवैका लागि आवश्यक थियो । यस्तो परिस्थितिमा केही बालीका बदला केही कपडा साटासाट गर्नमा दुवैको हित थियो । यसरी व्यापारको प्राथमिक विकास स्वाभाविक रूपमा भएको अनुमान गर्न सकिन्छ ।

Advertisement
Advertisement

समय सँगै परिवर्तनका सिलसिलामा आधुनिक मानिसको विकास भयो । धेरै मानिसका धेरै आवश्यकताहरू एकीकृत बन्न थालेपछि व्यापार सहजीकरण गर्ने उपायहरूको खोजी हुन थाल्यो । केही अब्बल धातुहरू (विशेषतः सुन) लामो समय रहने, रासायनिक प्रतिकृया नगर्ने र खानिबाट निकाल्न श्रम र ऊर्जा लगानी गर्नुपर्ने भएकोले तीनले मूल्य प्राप्त गरे । विश्वव्यापी रूपमा सुनको मूल्यलाई अनुसरण गरियो । अब बालीका लागि कपडा नै साट्नुपर्ने बाध्यता भएन, सुनसँग साट्न पाए त्यसलाई आवश्यकता अनुसार कपडा अथवा अरू सामाग्रीका लागि समेत साट्न मिल्ने अवस्था सृजना भयो । तसर्थ बाँच्न चाहिने वस्तुभन्दा साट्न चाहिने सुनको मूल्य बढी भयो ।राष्ट्रियता, राष्ट्र र सरकार । मानवतामा यीनको विकास हुनुले सबैभन्दा ठूलो आर्थिक क्रान्ति आयोः मुद्रा । “ए जनताहरू हो ! तिमीहरू कत्ति सुनमा व्यापार गर्छौ ! सुन भारी हुन्छ, धेरैबोक्न सकिँदैन । देउ म राखि दिन्छु । यसको साटो यो बिल राख । यही बिलले कारोबार गर । व्यापार गर । चिन्ता नगर, तिमिहरूको सुन सुरक्षित छ । सुन चाहिएको बेला आऊ । बिल देऊ । बराबरको सुन लिएर जाऊ ।”

अमेरिकी मुद्रालाई आज पनि डलर बिल भनिन्छ 
कुनै विश्वसनीय केन्द्रीय निकाय भएका कारणले मात्र मुद्रामा मूल्य रहन्छ । तसर्थ कुनै किसिमको राष्ट्रको विकास हुनुभन्दा पहिला मुद्राको विकास भएको होइन । सुनकै साक्षी भएकोले मुद्राको मूल्य स्वाभाविक मान्न सकिन्छ । सुनजस्तै मुद्रामा पनि आवश्यकता अनुसार आर्जन गर्न सक्ने क्षमता भएकोले नै आज हामी धनका भोका भएका हौं । तर मुद्रा सधैँभरि सुनको साक्षी भने रहेन । यो घटना पनि कुनै क्रान्ति भन्दा कम छैन ।

सन् १९७५, अगस्ट १५ का दिन अमेरिकामा सुनको भाउ ३५ डलर प्रति आउन्स थियो । तर त्यस दिन तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले गरेको घोषणाले विश्व अर्थतन्त्रलाई सधैँका लागि परिवर्तन गरिदियो । अमेरिकी सरकारले डलरलाई निश्चित दरमा सुनमा बदली गर्ने सेवा सम्पूर्ण रूपमा बन्द गरि दियो । ती डलर बिल बराबरको सुन अब कहीँ राखिएको थिएन । यस घोषणा पछि डलर बिलको मूल्य अमेरिकी सरकार र जनताको सरकार प्रतिको विश्वास मात्र धितो हुने गरि कायम गरियो । आज यस सिद्धान्तलाई “Fiat Currency(फिएट मुद्रा)” का नामले बुझिन्छ । केवल विश्वासका भरमा मात्र अर्थतन्त्र चलाउन सकिन्छ भन्ने तथ्यको प्रमाण अमेरिकामा विगत ४४ वर्ष देखि अवलोकन गर्न सकिन्छ ।

मुद्रा धितोमा आधारित होस् या नहोस्, अर्थतन्त्रको बनावटमै मुद्राका कारण नकारात्मक असर पर्दछ । मुद्रा सञ्चालन गर्न केन्द्रीय निकाय (वैंक, वित्तीय संस्था) को आवश्यकता पर्ने हुनाले अर्थतन्त्रमा यीनको महत्वपुर्ण भूमिका रहन्छ । धेरै मानिसहरूले एउटै निकायमा आफ्नो मूल्यसञ्चय गरेपछि ती निकायहरूमा लगानी गर्न सक्ने क्षमता बन्दछ । जनताको मुद्राको सुरक्षा गर्ने हेतु भएपनि केन्द्रीकरण हुनु आफैँमा एउटा समस्या हो । यस पद्धतिले संसारमा कुल धन र मूल्य थप्दै जाने भएपनि धनी र गरिब बीचको अन्तरलाई भने झनै फराकिलो पार्दै लैजान्छ ।

हालसम्म प्रस्तुत गरिएको सामाग्रीबाट दुई वटा महत्वपुर्ण निष्कर्ष निकाल्न सकिन्छः

१. अमेरिकाको विगत ४० वर्ष लामो इतिहास अनुसार मुद्रा केवल विश्वासको आधारमा चलाउन सकिन्छ । विश्वास भए सुन वा कुनै भौतिक वस्तु धितो राख्न आवश्यक पर्दैन ।

२. अर्थतन्त्रको केन्द्रीकरण वर्तमान समयको प्रमुख समस्या हो । यसले लोकतन्त्र देशमा भएपनि अर्थतन्त्रमा नभएको अनुभूति गराउँछ ।

यी दुई बुँदाहरूका आधारमा Pi Cryptocurrency को विकास गरिएको हो । यसको सिद्धान्त अत्यन्त सरल छ । विद्युतीय माध्यमबाट संसार भरि एक एकीकृत समाज सृजना गर्ने, त्यहाँ विश्वासको संयन्त्र तयार गर्ने र उक्त समाज भित्र Pi Currency को प्रयोग मार्फत सक्कल कारोबारहरू गर्ने, pi आफूमै कुनै मूल्य हुने छैन, तर विश्वासको संयन्त्र भएसम्म pi मा कुनै कुरा बेच्ने व्यक्तिले फेरी कुनै कुरा piमा किन्न सक्नेछ । यो Free Money होइन, व्यापार सहजीकरण गर्ने उपाय मात्र हो । अन्तिम चरणमा यसलाई इन्टरनेटमा विकेन्द्रीकरण गरिनेछ । तत्पश्चात् pi को कुनै केन्द्रीय कार्यालय रहने छैन । इन्टरनेटमा अभिलेख भण्डारण, सुरक्षा लगायतका चुनौतीहरू Block chaining प्रविधिमार्फत व्यवस्थापन गरिनेछ । Block chaining पहिले नै Bitcoin र अन्य हजारौं Cryptocurrency हरूमा प्रयोग भइ सफल भइसकेको प्रविधि हो । आज १ Bitcoin को मूल्य ११ लाख ६६ हजार २ सय ५० कायम भएको छ ।

pi लाइ प्रयोगमा ल्याउन आइपर्ने प्रमुख चुनौती भने माथि उल्लेखित विश्वासको संयन्त्र तयार गर्नु हो । मानिसहरूलाई pi को मूल्य मान्य हुने गरी एकीकरण कसरी गर्ने ? यदि सबैलाई मोबाइलमा निश्चित pi उपलब्ध गराएर प्रयोग सुरु गराउने हो भने उक्त प्रयास विफल हुनेछ । कोही पनि मोबाइलको pi का लागी वास्तविक वस्तु बेच्न तयार हुनेछैन । तसर्थ, खनन (माइनिङ) को सिद्धान्तलाई अवलम्बन गरियो । जसरी सुन खनन गर्न श्रम र ऊर्जा लागत पर्छ, एष् आर्जन गर्नका लागि पनि विश्वासको संयन्त्रलाई बलियो बनाउन कसैले गरेको योगदानलाई आधार मानिने व्यवस्था कायम गरियो । pi को बजारीकरण क्रमबद्ध रूपमा गर्ने एप्स निर्माताहरूको नीति रहेको छ । सुरुवातको चरणमा मानिसहरूलाई pi आफ्नो मोबाइलमा स्थापित गर्न प्रेरित गर्ने । खनन गरेर जो कोही एप प्रयोगकर्ताले पनि pi आर्जन गर्न सक्छन् । तर नयाँ मानिसहरूलाई pi को प्रयोग गर्न प्रेरित गर्ने व्यक्तिले बढि दरमा pi आर्जन गर्न सक्नेछन् । यसरी विश्वासको संयन्त्र स्वचालित रूपमै विकास हुने अपेक्षा गरिएको छ । pi आर्जन गर्ने दर भने नयाँ प्रयोगकर्तामा वृद्धिहुँदा सँगै घट्दो क्रममा रहने व्यवस्था गरिएको छ । यसरी पूर्वनिर्धारित संख्यामा प्रयोगकर्ताहरूको सहभागीता पुगेपछि pi आर्जन प्रक्रिया (खानी) बन्द गरिनेछ । जो सँग जति pi रहन्छ, र pi संयन्त्रको मूल्य के कति कायम हुन्छ, त्यसका आधारमा pi को डलर मूल्य कायम गरिनेछ । अन्ततः विकेन्द्रीकरण र बजारीकरण गरि pi प्रयोगमा ल्याइनेछ ।

Pi Install गर्नु फल दायक छ त?
यो व्यक्तिगत सोचमा भर पर्ने कुरा हो । “Universal, virtual, decentralized Fiat currency” को अवधारणा प्रति विश्वास गर्नु हुन्छ भने अवश्य गर्नुहोस् । भविष्यमा pi को कुनै मूल्य रहेन भने पनि व्यक्तिगत लागत नपर्ने हुनाले प्रयोग गर्दा फरक पर्दैन । तर यदि तपाईं साँच्चिकै pi खनन गर्न उत्सुक हुनुहुन्छ भने, माथि छलफल गरिएको विश्वासको संयन्त्रको अविवृद्धिमा सहयोग पुर्याउन र सम्भव भएसम्म यसको अवधारणा विस्तार गर्ने जिम्मेवारी पनि बोध गर्नुपर्ने हुन्छ । यदि प्रत्यक्ष समय pi मा व्यतीत गर्न पायक पर्दैन भने दैनिक खनन मात्र गरेर संयन्त्रको समर्थन गर्न सक्नुहुन्छ । फरक केवल यो, की खनन मात्र गर्ने व्यक्तिले तुलनात्मक रूपले कम piआर्जन गर्नेछन् ।

Pi Install गर्नु नै विश्वासको संयन्त्रमा सहभागी हुने प्रतिबद्धता जाहेर गर्नु हो । तसर्थ, नयाँ प्रयोगकर्ताले Pi Install गर्न अरू कोही प्रयोगकर्ताको सिफारिस आवश्यक पर्दर्छ । “यो व्यक्तिबाट मैले pi को बारेमा जानकारी लिएँ, मलाइ मन पर्यो, अरूलाई पनि यो जानकारी बाँड्न चाहन्छु” भनेर जाहेरी दिए सरह बुझ्न सकिन्छ । आफूले Pi Install गरिसकेपछि आफ्नो समाजमा पनि यसको जानकारी प्रदान गरी आफ्नो सिफारिसमा नयाँ प्रयोगकर्ताहरूलाई संयन्त्रमा ल्याउन सकिन्छ । यसो गर्नाले आफूले pi आर्जन गर्ने दरमा वृद्धि हुनेछ । मानिसहरूमा यसलाई फैलाउन प्रेरणा मिल्नेछ ।

Advertisement

तपाइँलाई Pi Network को अवधारणा कस्तो लाग्यो ? केही नयाँ जानकारी प्राप्त भएको अनुभूति भए यस लेखले मौलिकता प्राप्त गर्नेछ । थप जानकारी आवश्यक भए सम्पर्क गर्न सक्नु हुनेछ । यदी Pi Install गर्न प्रेरणा प्राप्त गर्नुभएको छ भने Referral Code को आवश्यकता पर्दछ, मेरो Code “anjeshkafle” प्रयोग गर्न सक्नुहुनेछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top