गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि

१६ असार ७७, बुधबार

१७ असार, पोखरा ।
गण्डकी प्रदेशका ६ जिल्लामा थप २८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

Advertisement

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना पोजेटिभ देखिएको हो। नवलपरासी, गोरखा, कास्की, स्याङ्जा, बाग्लुङ् र तनहुँमा संक्रमित बिरामी फेला परेका हुन्।

नवलपरासीमा १२ जना, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बाग्लुङ ३ र तनहुँमा १ जनामा कोरोना भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

Advertisement

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित बिरामीको सङ्ख्या ९ सय ९४ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top