सांसद ज्ञानकुमारी छन्त्यालको निधन

१७ असार, काठमाडौँ ।
सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेकी छन्त्यलाको केहीबेर अघि गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको हो।

उनको मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भुषालले जानकारी दिइन्।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको हो। छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

निधनप्रति कांग्रेस नेताहरुले दुख व्यक्त गरेका छन्।

Scroll to Top