Nepal Times
Nepal Times
3
Shares

दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

रत्ननगर, चितवन, २ वैशाख ः चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा नौ जना घाइते भएका छन् ।

शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार सो दुर्घटनामा परी गाडी चालक मकवानपुर हेटाँैडाका रवीन्द्र स्याङतान, मकवानपुर भीमफेदीका १९ वर्षीय विजय गोले सोही ठाउँका ११ वर्षीय इमास स्याङ्तान र २५ वर्षीया दिविकामाया थिङ घाइते भएका छन् ।

यस्तै अन्य घाइतेमा मकवानपुर भीमफेदीकै २१ वर्षीया पदमा गोले, मकवानपुर बसामाडीकी २४ वर्षीया बीना लामा, मकवानपुर थाहा नगरपालिका–४ की २२ वर्षीया शोभा लामा, मकवानपुर भीमफेदीकी २० वर्षीया सिर्जना गोले र सोही ठाउँकी २० वर्षीया प्रमिला गोले रहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।

यता चितवनको भरतपुर महानगरपालिका–१० स्थित पुजा फनपार्कमा रहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।

भरतपुर वडा नम्बर १७ का २० वर्षीय कालु गुरुङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.