मंगलबारे, इलाम, २ वैशाख ः इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ ।
अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए ।
सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन भने आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ । स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।
रासस