कोसी बाढी पीडितको उपचारमा खटिएकालाई तलब खुवाउन सर्वोच्चको आदेश

२४ असार ७७, बिहीबार

काठमाडौं : झन्डै १० वर्षअघि सुनसरी जिल्लास्थित लौकही अस्थायी अस्पतालमा करारमा कार्यरत २१ जना कर्मचारीको तलब सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरू सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले उनीहरूले पाउनुपर्ने तलब दिन सरकारका सम्बन्धित निकायलाई आदेश दिएको हो । २०६५ साल भदौ २ गते कोशीबाँध फुटेर विस्थापित भएकाहरूको स्वास्थ्यस्थित परीक्षण गरी उपचार गर्न सरकारले लौकही अस्थायी अस्पतालमा करारमा कर्मचारी भर्ना गरेको थियो ।

२०६५ साल पुस ७ गतेदेखि लागू हुने गरी २४ जनालाई ६ महिनाका लागि भनी करारमा कर्मचारी नियुक्त गरिएको हो । २०६६ साल असार ११ मा अवधि सकिएको भए तापनि अर्को निर्णय नभएसम्मको उनीहरूलाई कामकाज गराइरहने गरी पुनर्निर्णय भएको थियो ।

Advertisement

उनीहरू २०६८ साल असारसम्म काम गरिरहेका थिए । त्यस बेलासम्म उनीहरूले कार्य गरेका भए पनि २०६६ साल फागुनदेखि उनीहरूलाई तबल दिन छाडिएको थियो । उनीहरूले काम गरेको अवधिको पूरा तलब दिन माग गरेका भए पनि आश्वासन मात्र दिने गरी अल्झाइएको बताइएको छ ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top