×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-23-2026 || Nepal Times
Mar 23, 2026
Playing
कार्की आयोगको प्रतिवेदन किन लुकाइयो ? काँग्रेसले गर्यो शंका || Nepal Times
Mar 23, 2026
Playing
इरान र साउदीबीचको सम्बन्ध बिग्रियो, देशनिकालादेखि सम्झौता खारेजसम्म || Nepal Times
Mar 23, 2026
Playing
UAE, Kuwait र बहराइनमा नयाँ हम लाको ‘अलर्ट’, Iranमा ‘ब्ल्याकआउट’ || Nepal Times
Mar 23, 2026
Playing
विश्वभर रहेका नागरिकका लागि अमेरिकी एड्भाइजरी जारी || Nepal Times
Mar 23, 2026
Playing
रविलाई प्रधानमन्त्रीले भनिन् ‘ सम्हालिएर अघि बढ्नु’ || Nepal Times
Mar 23, 2026
Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026

कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित

२५ असार २०७७

२५ असार, कञ्‍चनपुर ।
दुई दिनयताको वर्षाले जिल्लाका विभिन्न ठाउँ जलमग्न भई डुबानमा परेका छन् ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारसँगै आसपासका क्षेत्रमा डुबानको समस्या देखिएको हो । भीमदत्त नगरपालिका–१८ को सालघारी र बागबाणी क्षेत्रमा मात्रै तीन सयभन्दा बढी घरटहरा डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबै घरभित्र पानी भरिएको छ ।

Advertisement

डुबानका कारण ६० परिवार विस्थापित भएको डीएसपी अमरबहादुर थापाले बताए । ‘सालघारी क्षेत्रका अधिकांश घर डुबानमा छन्,’ भीमदत्त नगरपालिका–१८ का अध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘विस्थापित परिवारमध्ये केहीलाई भगतपुरको योगशाला भवनमा सार्‍यौं, केहीलाई आफन्तकहाँ पठायौं ।’

सालघारी क्षेत्रमा सुकुम्बासी र मुक्त कमैयाहरूको बसोबास छ । महेन्द्रनगर बजार क्षेत्र पनि जलमग्न बनेको छ । खोलानाला मिचेर घर निर्माण भएपछि निकास बन्द भएका कारण सामान्य वर्षामा समेत बजार क्षेत्र डुबानमा पर्ने गरेको थियो । भुजेलाघाट र झोलुंगे पुल नजिकैका घर पनि डुबानमा परेका छन् ।

महाकाली नगरपालिकाको चाँदनी क्षेत्रमा पनि एक सय घर डुबानमा परेका छन् । पानी केही घटेकाले विस्थापित परिवार घर फर्किन थालेको सशस्त्र प्रहरीको दोधारास्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले बताए ।

उनका अनुसार बेदकोट नगरपालिका–१० को दैजीमा पनि हुलाकी सडक किनारमा पानी निकास नहुँदा आधा दर्जन घर डुबानमा परेका छन् । सडक निर्माणका क्रममा पानीको निकास नहुँदा घरसँगै खेतसमेत डुबानमा परेको स्थानीय जोगराज रानाले बताए ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top