२५ असार, काठमाडौं ।
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यभार सम्हालेका छन् ।
क्षेत्रीलाई बिहीबार विहान गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले महानिरीक्षक क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यस लगत्तै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक क्षेत्रीले आफ्नो कार्यभार ग्रहण गरेका हुन ।
उनी नेपाल प्रहरीको २८ औं महानिरीक्षक हुन् । उनले १८ वैशाख २०७९ सम्म कार्यभार सम्हाल्ने छन् । निवर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अवकाश पाएपछि नयाँ प्रहरी महानिरीक्षकका रुपमा क्षेत्रीलाई सरकारले नियुक्त गरेको थियो ।
