२९ असार, तनहुँ ।
तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ८ भैंसिकिलेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
आइतबार राति गएको पहिरोले स्थानीय अनबहादुर थापाको घर पुर्दा उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक चन थापाले उद्धारका लागि प्रहरी टोली खटिएको जानकारी दिए ।