×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026
Playing
राष्ट्रपति, प्रधानमन्त्रीसहित पदाधिकारीको सम्पत्ति छानविन सुरु, आयोगले माग्यो सम्पत्ति विवरण
May 14, 2026
Playing
भारतले ४ महिनाका लागि चिनी निर्यात रोक्यो, किन गर्याे यस्तो निर्णय ? || Nepal Times
May 14, 2026
Playing
Top 15 Afternoon News || May-14-2026 || Nepal Times
May 14, 2026
Playing
Trumpलाई सीको सल्लाह, प्रतिद्वन्द्वी होइन, साझेदार बनौं || Nepal Times
May 14, 2026
Playing
आज सदनमा प्रधानमन्त्री नआए के हुन्छ ? || Nepal Times
May 14, 2026
Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026

मध्यरातमा पहिरो खस्दा ९ घर बगे, ११ जना बेपत्ता

२९ असार २०७७

२९ असार, सङ्खुवासभा ।
लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् ।

शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो । मध्यरात ठूलो आवाजका साथ पहिरो खसेका बेला सबै निन्द्रामा रहेको ७९ वर्षीय गोवासिंह राईले बताए ।

Advertisement
Advertisement

पहिरोमा खसेर घरमै पुरिएको अवस्थामा उद्धार गरिएका राई गम्भीर घाइते छन् । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते गोवासिंहसँगै, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई जीवितै उद्धार गरिएको हो । पहिरोमा परेकालाई गाउँलेले उद्धार थाल्दा सुरक्षाकर्मीको टोली पुगिसकेको थिएन ।

घटनापछि ३ सय ४९ जना गाउँलेलाई उद्धार गरेर डेढ घण्टा टाढाको चित्रेमा स्थानीय विद्यालय र स्थानीयका ४र५ वटा घरमा राखिएको छ । एक साताको झरीले भिरालो जमिनमा पहिरो खसेको हो । घर बगाएर घाइते अवस्थामा उद्धार गरिएका ७९ वर्षीय गोवासिंहले ठूलो आवाजमा पहिरो एकैपल्ट झरेको बताए ।

उनी हात र टाउकोमा डुंगाले लाग्दा गम्भीर घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । आइतबार दिनभर पानी परिरहेकाले घाइतेको उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

७० वर्षीय जुद्धबहादुर राईकी श्रीमती ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति पहिरोमा बेपत्ता छन् । करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् । घटनाका बेला जुद्धबहादुर घरमा थिएनन् । घरभन्दा २ दिन टाढा बेवानामा रहेको भेडीगोठमा गएकाले जुद्धबहादुर जोगिए पनि घटना थाहा पाएपछि गहिरो चिन्तामा छन् ।

पहिरोमा परेर श्रीमती र छोरी बेपत्ता भएको खबर उनले घटनाको झन्डै १२ घण्टापछि आइतबार दिउँसोमात्रै पाए । संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार पहिरोमा परेर ६० वर्षीय राममान राई, उनकी ५५ वर्षीया पत्नी हस्तकुमारी, छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता राई हराइरहेका छन् । एन्जिला गर्भवती थिइन् ।

५२ वर्षीय जुद्धबहादुर माने ९राई० र श्रीमती ४५ वर्षीया उत्तरकुमारी, ७० वर्षीया नजमाया, ८४ वर्षीय हर्कराज र ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरो सिसुवा खोलामा पुगेको छ । उद्धारका लागि गएका मदन राईको मृत्यु भएको छ । दमका बिरामी रहेका उनको हृदयाघातले मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको छ । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी टोली पुगेको डीएसपी मल्लले बताए । उद्धारका लागि पुगेको सुरक्षाकर्मीको टोलीले विस्थापित परिवारलाई चित्रे डाँडामा सारेको हो । विस्थापितहरू त्रिपाल टाँगेर बसेका छन् ।

घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको ठाउँमा भएकाले सदरमुकामबाट उद्धारको टोली पुग्न समय लाग्ने मल्लले बताए । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपद् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलका लागि हिँडेको छ ।

खाँदबारीबाट १५र१५ जना सशस्त्र र नेपाल प्रहरीको डफ्फा र सेनाको ३० जनाको टोली घटनास्थलतर्फ गएको छ । तर धेरै ठाउँमा पहिरो गएकाले टोली साँझसम्म पनि घटनास्थलमा पुगिसकेको थिएन ।

तयारी अवस्थामा राखिएको हेलिकप्टर दिनभरि झरी परेको र हुस्सु लागेका कारण उद्धारका लागि जान नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । उनका अनुसार सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरीमा छ । घाइते ३ जनाको स्थिति सामान्य छ ।

घटनास्थल पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा १२ घण्टा पैदल हिँड्नुपर्छ । ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थल पुगिसकेका छन् । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेरै घटनास्थल गइरहेका छन् । वर्षा नथामिँदा खोजी, उद्धार र आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

यता सदरमुकाम खाँदबारीमा देवकोटा चोक–सातकुवा सडकमा दुई सय मिटरभन्दा माथिबाट पहिरो झरेकाले आवागमन अवरुद्ध भएको छ । पहिरोले केही घर जोखिममा परेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् । खाँदबारी–१ ढोलबाजेको सडकमाथिबाट पहिरो झरेकाले आवतजावतमा समस्या भएको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top