कोभिड–१९ लाई मिथ्या ठान्ने व्यक्तिको त्यसैले लियो ज्यान

२९ असार ७७, सोमबार

२९ असार, एजेन्सी ।
अमेरिकाको टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोनाभाइरसलाई मिथ्या ठान्ने ३० वर्षजति उमेरका एक व्यक्तिको अर्का सङ्क्रमित व्यक्तिले आयोजना गरेको कोभिड–१९ पार्टीमा सहभागी भएपछि मृत्यु भएको छ।

Advertisement

एउटा भिडिओमार्फत् मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो विशेष कोभिड जमघटको कथा बताएकी थिइन्।

प्रतिस्पर्धाः को हुने सङ्क्रमित ?

Advertisement

ती व्यक्तिले बताएअनुसार त्यस जमघटमा को पहिले सङ्क्रमित हुने र को त्यसबाट जोगिन सक्ने भन्ने प्रतिस्पर्धा चलेको थियो।

ती बिरामीले ज्यान गुमाउनुभन्दा केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए। कोरोनाभाइरस महामारीले विश्वभरि त्रास सिर्जना गरिरहेको भए पनि विभिन्न देशमा यसलाई मिथ्या ठान्ने र हलुका रूपमा लिने प्रवृत्ति विद्यमान छ।

Advertisement

अमेरिकामा विश्वकै सबभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ ३० लाखभन्दा धेरै मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ। साथै त्यहाँ उक्त सङ्क्रमणका कारण सवा लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसके। तर अझैपनि त्यहाँ कतिपय मानिसहरूमाझ कोरोनाभाइरसको यथार्थलाई लिएर भ्रम व्याप्त रहेको बताइन्छ।

अनुहार ढाक्ने मास्क लगाउने विषय पनि त्यहाँ राजनीतिको सिकार भइरहेको बताइन्छ। कतिपयले मास्क लगाउने विषयलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेका छन्। हालैका दिनमा राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक स्थलमा मास्क प्रयोग गरेका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top