×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026

पहिरोसंगै पुरिए खुशी

३० असार २०७७

३० असार, तनहुँ ।
केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन ।

उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए । पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनीहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए । राति १२ बजे अकस्मात पहिरो झर्दा आनबहादुर र श्रीमती त बाँच्न सफल भए तर उनीहरुका दुई छोरा र दुई बुहारी र नातिनीको भने ज्यान गयो ।

घटनापछि आनबहादुर सकुशल छन् भने उनकी श्रीमती ज्योतिमायालाई उपचारका लागि पोखरा पठाइएको छ । “आनबहादुर र ज्योतिमाया सुतेको पुरानो घर भत्किए पनि उहाँहरुको ज्यान जोगिएको छ”, ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भने, “तर सँगै जोडिएको नयाँ घर भने पूरै भत्किएर पाँच जनाको निधन भयो ।”

पहिरोले घर पुरिँदा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी पाँच वर्षीया अमिषा, २२ वर्षीय महादेव र निजकी श्रीमती १९ वर्षीया मनिसराको निधन भयो । एकै परिवारका पाँच जनाको पहिरोले पुरिएर निधन भएपछि सिङ्गो गाउँ नै स्तब्ध छ । “एकदमै नसोचेको घटना भयो, गाउँ पूरै स्तब्ध छ”, उनले भने ।

रातिको समयमा घटना घटेकाले स्थानीयवासीले थाहा पाउँदा बिहानको ५ बजेको थियो । लगत्तै प्रहरीलाई खबर पुगेपछि प्रहरी पनि घटनास्थलमा पुगेर पहिरोमा पुरिएकाको उद्धारमा जुटेको थियो । साथै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । दिनभरको प्रयासपछि घरमा पुरिएका पाँच जनाको नै शव निकालिएको छ

विदेश जाने सपना पहिरोमा बिलायो

व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको निधन भएको छ ।

स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ४० वर्षीया कमला, छोराहरु २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अन्जनाको निधन भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर घाइते केशरबहादुरलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

केशरबहादुरका २० वर्षीय राजेश भने अझै बेपत्ता छन् । पहिरोमा पुरिएर मृत्यु भएका मनोज वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गर्दै थिए तर उनको विदेश जाने सपना पहिरोमै बिलाएको छ । मनोज वैदेशिक रोजगारीका लागि दुबई जान काठमाडौँ यात्राको तयारी गर्दै थिए ।

रातिबाटै परेको पानी घरभित्र पसेपछि केशरबहादुर पानी बाहिर फाल्दै थिए । अचानक घर पुरिँदा केशरबहादुर भाग्न सफल भए तर घरभित्रका सबै जनाको पहिरोले पुरिएर निधन भयो । व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको निधन भएको छ । त्यस्तै व्यास नगरपालिका–११ ओडारेका पदम चेपाङ पहिरामा बेपत्ता भएका छन् ।

मृतकका परिवारलाई राहत

ऋषिङ गाउँपालिकाले पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई सोमबार राहत रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडित आनबहादुर थापालाई राहतस्वरुप रु एक लाख प्रदान गरे । जनताको दुःखमा मलम लगाउन राहतस्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । म्याग्दे गाउँपालिकाले पहिरोले पुरिएर मृत्यु भएका वडा नं ६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको परिवारलाई तत्कालका लागि राहतस्वरुप रु ५० हजार प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मृतकको घरमा पुगेर आफन्तलाई उक्त रकम हस्तान्तरण गरे । पहिरोले गाउँपालिकाका विभिन्न वडामा ६१ घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क आएको छ । विस्थापित भएका परिवारलाई राहतको व्यवस्था मिलाइने अध्यक्ष रानाले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यद्वारा दुःख व्यक्त

तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले तनहुँ जिल्लामा पहिरोमा पुरिएर भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार प्रेस विज्ञप्तिमार्फत सांसद श्रेष्ठले पहिरोमा पुरिएर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । पहिरोमा परी बेपत्ता भएकाहरुको शीघ्र खोजी गरी अवस्था पत्ता लगाउन सम्बन्धित सरोकारपक्षसँग आग्रह गर्दै सांसद श्रेष्ठले प्राकृतिक प्रकोपमा पर्नुभएका सम्पूर्ण नागरिकको उद्धार र राहतमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिबाट बच्न गरिने पूर्वतयारी र सावधानी अपनाउन नसकिएको हो कि भन्ने महसुस गरिएको भन्दै सांसद श्रेष्ठले भने, “विपद्को अवस्थामा हामीले विगतको कमजोरीबाट पाठ सिक्दै भविष्यमा विपत्तिबाट जोगिन सक्ने सबै उपायहरुको अवलम्बन खोजी गरिनुपर्छ ।”(रासस)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top