रकम भुक्तानीका लागि अटेरी गरेपछि इरानले रेल परियोजनाबाट भारतलाई हटायो, चीनले बनाइदिने

२९ असार ७७, मंगलबार

३० असार, एजेन्सी ।
पूर्व प्रतिबद्धताबमोजिम रकम नदिएपछि इरानले चाबहार रेल परियोजनाबाट भारतलाई हटाइदिएको छ।

६२८ किलोमिटर लामो यो परियोजनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि इरानसँग सहायता सम्झौता गरेका थिए। सम्झौताबमोजिम रकम भुक्तानीका लागि बारम्बार आग्रह गरेपनि भारतले अटेरी गरेको थियो। प्रधानमन्त्री मोदी स्वयम् इरानमै पुगेर सम्झौतामा हस्ताक्षर गरेका थिए।

सो सम्झौताअनुसार चाबहार रेल परियोजनाको लाइन बिछ्याउने काममा इन्डियन रेल्वेज कन्स्ट्रक्सन लिमिटेड संलग्न हुने निश्चित गरिएको थियो। भारतसँगको सम्झौता उधारो र कहिल्यै कार्यान्वयन हुने नदेखिएपछि इरानले चीनलाई सहयोगका लागि आग्रह गरेको थियो।

Advertisement

हालै दुई देशबीच यो परियोजना बनाउन चार खर्ब अमेरिकी डलर बराबरको सहायता सम्झौता भएको बीबीसी हिन्दीमा उल्लेख छ। भारत र चीनबीच तनाव बढिरहेका बेला इरानले चालेको यो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ। तर भारतले सहायता उपलब्ध नगराएपछि चीनको सहयोगमा इरानले गत सातादेखि काम अघि बढाएको हो।

चीनले सहायता दिएपछि इरानले अब यो रेलमार्ग अफगानिस्तानको जारान्जसम्म विस्तार गरिने जनाएको छ। समयमै काम भए सन् २०२२ को मार्चसम्ममा यो परियोजना सम्पन्न हुनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top