स्याङ्जा पहिरोः एकको शव फेला, तीन बेपत्ता

२९ असार ७७, मंगलबार

३० असार, स्याङ्जा ।
स्याङ्जामा पहिरोले पुरिएर बेपत्ता भएका चारमध्ये एकजनाको शव भेटिएको छ।

कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए। बेपत्ताको खोजी जारी रहेको थापाले बताए।

यसै बिच भूमी व्यवस्था तथा सहकारी मन्त्री तथा स्याङ्जाबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालले चार जना पुरिएको पुष्टि गर्दै उद्दार तथा उपचारमा खटिन सबैमा अपिल गरेकी छन्। उनले मौसमको खराबीका कारण कारण हेलिकोप्टर पठाउन नसकिएको जनाएकी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top